जिल्ला समन्वय समिति रामेछापको निर्वाचन जेष्ठ २९ मा हुने

रामेछाप – जिल्ला समन्वय समिति रामेछापको निर्वाचन जेष्ठ २९ गते हुने भएकाे छ । मुख्य निर्वाचन अधिकृत दिवाकर भट्टले जिल्ला समन्वय समिति रामेछापको निर्वाचनका यहि जेष्ठ २९ गते हुने बताएका छन् ।

जिल्लाका ८ वटै स्थानीय तहको कार्यपालिका निर्वाचन सम्पन्न भएसंगै मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्ला समन्वय समितिको निर्वाचनका लागि मिति सार्वजनिक गरेको छ । समन्वय समितिकाे निर्वाचनका लागि जेष्ठ २७ गते मनोनयन पत्र दर्ता हुने र मतदान जेष्ठ २९ गते हुने जानकारी दिएका छन् ।
रामेछापको जिल्ला समन्वय समितिका लागि कुनै पनि दलकाे बहुमत नपुग्ने देखिएकाे छ । त्यसका लागि समन्वय समितिकाे निर्वाचनमा सहभागी हुने दलहरु मध्ये नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र मध्ये कुनै २ वटा दलसंगको गठबन्धन गर्नुपर्ने देखिएकाे छ ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ गुम्देलमा भिषण डढेलो , नियन्त्रणको प्रयास असफल
- २ १२ निर्माण व्यवसायी कालाेसुचिमा
- ३ अमेरिकी उपविदेशमन्त्रि नेपाल आउदै
- ४ रास्वपाकाे कार्यवाहक सभापतिकाे जिम्मेवारी अर्याललाई
- ५ एकैदिन दुई विद्यालय हस्तान्तरण
- ६ आत्मदाहकाे प्रयास गरेका प्रेम आचार्यकाे मृत्यु
- ७ रामेछाप जेसिजद्वारा विद्यार्थीका लागि ट्राक सुट वितरण
- ८ बागमती प्रदेश स्तरीय भलिबल प्रतियोगितामा चिवतन प्रथम
प्रतिक्रिया दिनुहोस