कम्यूनिष्टको किल्ला भत्काउदै गोकुलगंगामा काँग्रेस विजयी

रामेछाप – रामेछापको गोकुलगंगा गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार काजिवहादुर खड्का ( दिनेश ) विजयी भएका छन् । खड्काले एमालेका उम्मेदवार खड्गवहादुर सुनुवारलाई फराकिलो मतान्तरले पराजित गरेका हुन ।
निर्वाचन अधिकृत रामप्रसाद पौडेलका अनुसार खड्काले ६ हजार ९३ मत प्राप्त गरी अध्यक्षमा विजय हासिल गरेका हुन । उनका प्रतिस्पर्धी सुनुवारले जम्मा ४ हजार ७ सय १० मत पाएका थिए ।
त्यसैगरी उपाध्यक्षमा नेपाली काँग्रेसकी उषादेवि कार्की विजयी भएकी छिन् । कार्की ५ हजार २ सय ५३ मत पाएर विजयी भएकी हुन । कार्की सग प्रतिस्पर्धि रहेकी एमालेकी राधिका नेवार श्रेष्ठले ४ हजार ६ सय ८६ मत पाएकी थिईन ।
गोकुलगंगा एमालेको आधार ईलाकाको रुपमा रहेको थियो । यस अघिको निर्वाचनमा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा विजयी सुनुवार र नेवारलाई एमालेले यो पटक पनि उम्मेदवार वनाएको थियो । सुनुवार २०४९ र २०५४ मा रस्नालु गाविसका अध्यक्ष , त्यसपछि गाविस स्तरिय राजनीतिक संम्यन्त्रका नेता र २०७४ को निर्वाचनमा गोकुलगंगा गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएर काम गरेका थिए । रस्नालुको सुनुवार वस्तीका लोकप्रिय मानेर एमालेले सुनुवारलाई नै पटक पटक अवसर दिएका कारण यो पटक रस्नालुबाटै उनले पराजयको स्वाद चाखेका हुन । रस्नालुमा उनको पहिलेको जस्तो क्रेज यो पटक देखिएन ।
झण्डै ३० बर्ष लगातार पदमा रहेका सुनुवारलाई १ हजार ६ भन्दा धेरै मतले पराजित गर्ने काजिवहादुर खड्का ( दिनेश ) नेपाल तरुण दल रामेछापका अध्यक्ष हुन । अघील्लो स्थानीय तहको निर्वाचनमा वडा नम्बर ५ नामाडिको वडा अध्यक्षमा एमालेबाट थोरै मतले पराजित भएका खड्का त्यसपछि लगातार पालिकामानै वसेर संगठन गर्दै आएका थिए । एमालेको एकलौटी राज गरेको उक्त पालिकामा भएका गलत क्रियाकलापको भण्डाफोर गर्दै लोकप्रिय छवि वनाउन सकेका खड्काले यस पटक सुरु देखिनै सुनुवारलाई आच्छुआच्छु पार्दै परिणाम आफ्नो पक्षमा पारे ।
नामाडि घर भएका खड्का राजनीतिक परिवार सदस्य हुन । उनको बाबु स्व. पूर्णवहादुर खड्का २०४९ सालमा नामाडिको गाविस अध्यक्षमा निर्वाचित भएर काम गरेका थिए । दाजु दीपक खड्का काँग्रेसको जिल्ला सचिव र रामकृष्ण खड्का काँग्रेसका लोकप्रय युवानेता हुन । १३ जना दाजुभाई मध्ये सवैभन्दा कान्छा काजिवहादुर खड्का युवा माझ लोकप्रिय छन् ।
गोकुलगंगामा काँग्रेसले रस्नालु र नामाडिको वडा गुमाएको छ । बाँकी ४ वटा वडा र नामाडिको वडा अध्यक्ष बाहेकका सवै सदस्य जिताएको छ । नेपाली काँग्रेसका जिल्ला सभापति पूर्णवहादुर तामाङ ( कान्छाराम ) को समेत घर रहेको उक्त पालिकामा एमालेले रस्नालुमा वडा अध्यक्ष सहित प्यानलै र नामाडिमा १ जना वडा अध्यक्षमा चित्त वुझाउनु परेको छ । एमालेका पूर्व जिल्ला अध्यक्ष, बाग्मती प्रदेशका पूर्व मन्त्री शान्तिप्रसाद पौडेलको आधार इलाकाबाटै खड्काले बाजि मारेका हुन ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ सरकार बादर र बँदेल नियन्त्रणमा लागेकाे छ : राज्यमन्त्री तामाङ
- २ काम गर्नेहरूलाई हावादारि गफ गर्नेसँग तुलना नगराैं : उपप्रधानमन्त्री सिंह
- ३ प्रेस युनियनले प्रदेश र शाखा अध्यक्षहरूको राष्ट्रिय सम्मेलन गर्दै
- ४ हिमाल ढुङ्गेलकाे नेतृत्वमा रामेछापमा सुचनाकाे हकका लागि राष्ट्रिय महासंघ (RTI) गठन
- ५ प्रेस चाैतारी रामेछापको अध्यक्षमा लेख बहादुर विक
- ६ सरस्वती पुजाका अवसरमा कालिदेवी आविमा विविध कार्यक्रम
- ७ मन्थली बचतले स्थापना दिवसमा १ सय सदस्यलाई दिए विद्युतिय चुलाे
- ८ शिक्षक संघद्वारा एसइइमा उत्कृष्ट अंक लाउन सफल १६ विषय शिक्षक सम्मानित
प्रतिक्रिया दिनुहोस