मन्थलीमा एमालेकाे अग्रता कायमै

रामेछाप – मन्थली नगरपालिकामा नेकपा एमालेकाे अग्रता काएमै छ । मन्थली नगरपालिकामा सुरु देखिनै एमालेले अग्रस्थान कायम गरिरहेकाे छ ।
मन्थली नगरपालिकाकाे ५ वटा वडाहरुकाे मतपरिणाम अाउदा सम्म नेकपा एमालेकाे उम्मेदवारले अग्रता कायम गरिरहेकाे छ । हालसम्म मन्थली १,२,१२,१३ र १४ काे मतपरिणाम अाउदा नेकपा एमालेका प्रमुख पदका उम्मेदवार लब श्रेष्ठले ३ हजार ७ सय ५६ मत प्राप्त गरेकाे छन् भने नेपाली कांग्रेसका उम्मेदवार विनाेद कार्कीले ३ हजार ३ सय ३१ मत प्राप्त गरेकाे छ । त्यसैगरी नेकपा माअाेवादी केन्द्रका उम्मेदवार दिपक प्रसाईंले १ हजार १ सय ५ मत प्राप्त गरेकाे छ । नेकपा एमालेका उम्मेदवार श्रेष्ठले ४ सय २५ मतले अग्रता लीगकाे छ ।
त्यसैगरि नगर उपप्रमुखमा नेकपा एमालेका उम्मेदवार इश्वरी बस्नेतले ३ हजार ५ सय १६ मत प्राप्त गरेकी छिन । नेपाली कांग्रेसकि उम्मेदवार यशाेदा श्रेष्ठले ३ हजार ३ सय ७४ मत प्राप्त गरेकी छन् भने समाजवादीका उम्मेदवार कृष्ण थापाले ३ सय ८४ मत पाएका छन ।

क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर जबराकाे निधन
- २ सामाजिक सुरक्षा काेष स्थापना गर्न पत्रकारलाई मुख्यमन्त्री जम्कट्टेलकाे आग्रह
- ३ गुम्देलमा भिषण डढेलो , नियन्त्रणको प्रयास असफल
- ४ १२ निर्माण व्यवसायी कालाेसुचिमा
- ५ अमेरिकी उपविदेशमन्त्रि नेपाल आउदै
- ६ रास्वपाकाे कार्यवाहक सभापतिकाे जिम्मेवारी अर्याललाई
- ७ एकैदिन दुई विद्यालय हस्तान्तरण
- ८ आत्मदाहकाे प्रयास गरेका प्रेम आचार्यकाे मृत्यु
प्रतिक्रिया दिनुहोस