चुनाव जितेपछि सरकारी सुविधा नलिने वडा अध्यक्ष प्रधानकाे घाेषणा
रामेछाप – रामेछाप नगरपालिका ३ का वडा अध्यक्ष पदका उम्मेदवार दल बहादुर प्रधान र वडा सदस्य पदका उम्मेदवार मनाेज खड्काले वडामा निर्वाचित भए राज्यले दिने सरकारी सुविधा नलिने घाेषणा गरेका छन् ।
नेपाली कांग्रेसकाे तर्फबाट रामेछाप नगरपालिका वडा नम्बर ३ साँघुटारकाे वडा अध्यक्षका उम्मेदवार दलबहादुर प्रधान र वडा सदस्यका उम्मेदवार मनाेज खड्काले चुनावी अभियानका क्रममा वडामा निर्वाचित भए कुनैपनि सरकारी सुविधा नलिने घाेषणा गरेका हुन ।
“राजनिती गर्ने नै समाज सेवाका लागि हाे हामी समाज सेवाका लागि निर्वाजनमा हाेमीएका हाै “वडा अध्यक्ष प्रधानले भने वडामा निर्वाचित भएर नागरिककाे सेवा गर्ने माैका मिलेमा सरकारी सुविधा प्राप्त हुने सेवा सुविधा वडा नै नागरिकको हितमा लगानि गर्ने बताउदै उनले भने वडामा निर्वाचित भए कुनैपनि सरकारी सुविधाकाे प्रयाेग नगरी नागरिकको सेवा गर्न तयार छु । त्यसैगरि वडा सदस्य पदका उम्मेदवार खड्काले पनि पैसा कमाउनलाइ हाेइन नागरिकको सेवा गर्नका लागि चुनाव लडेकाे हाे चुनाव जितेभने कुनैपनि सरकारी सुविधा प्रयाेग गर्दिन , विशुद्ध नागरिकको सेवा गर्छु ।
वडा अध्यक्षका उम्मेदवार प्रधान नेपाली कांग्रेसकाे साविक साँघुटार गाविसका पुर्व सभापति हुन भने नेपाली कांग्रेसमा लामाे समयदेखि क्रियाशील हुँदै विभिन्न किसिमकाे समाजिक सेवाका काम गर्दै नागरिकको मन जित्न सफल रहेका छन् ।
यहि बैशाख ३० गते हुने स्थानीय तहकाे निर्वाचनमा रामेछाप नगरपालिका ३ मा वडा अध्यक्षका उम्मेदवार नेपाली कांग्रेसबाट दलहादुर प्रधान ,नेकपा एमालेका राम कुमार खत्री ,राष्ट्रिय प्रजातन्त्र पार्टी जीवन कुमार खड्का रहेका छन् ।
क्याटेगोरी : राजनीति, समाचार, समाज
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस