मन्थली १४ मा स्वतन्त्र उम्मेदवार तामाङले गरे कांग्रेसका उम्मेदवार खड्कालाई समर्थन
रामेछाप -मन्थली नगरपालिका १४ फुलासीकाे स्वतन्त्रबाट वडा अध्यक्ष पदका उम्मेदवार भिम बहादुर तामाङले नेपाली कांग्रेसकाे वडा अध्यक्षका उम्मेदवार अभिराज खड्कालाई समर्थन गर्ने भएका छन् । साेमबार नेपाली कांग्रेसमा प्रवेश गर्दै तामाङले वडा अध्यक्षमा खड्कालाई सहयाेग गर्ने लिखित संझाैता गरेका हुन् ।
स्वतन्त्र उम्मेदवार रहेका भिम बहमदुर तामाङले
यहि बैशाख ३० गते हुने स्थानिय तहकाे निर्वाचनमा अाफ्ना सबेै मतदाहरुलाई नेपाली कांग्रेसकाे तर्फबाट वडा अध्यक्ष पदका उम्मेदवार अभिराज खड्कालाई मतदान गर्न लगाउने लिखित प्रतिबद्धता जनाएका छन् । स्वतन्त्र उम्मेदवार तामाङकाे समर्थन पाएपछि कांग्रेस उम्मेदवार खड्काले अाफ्नाे जित निश्चित भएका बताए ।
स्वतन्त्र उम्मेदवार बनेका तामाङ् नेकपा माअाेवादी केन्द्रले वडा अध्यक्षमा अाफुलाइ टिकट नदिएपछि माअाेवादीबाट बागि उम्मेदवारका रुपमा स्वतन्त्रबाट वडा अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका थिए । तामाङ यस अघि २०७४ सालमा माअाेवादी केन्द्रबाट वडा सदस्य पदमा निर्वाचित भएका हुन । उनि नेपाली कांग्रेसकाे साविकाे गाविस फुलासीका पुर्व उपसभापति समेत भएका थिए ।
स्वतन्त्रतर्फकाे उम्मेदवार भिम बहादुर तामाङले नेपाली कांग्रेसका उम्मेदवार अभिराज खड्कालाई समर्थन गरे सँगै मन्थली १४ मा नेकमा एकालेका माेति लाल तामाङ ,नेकपा माअाेवादी केन्द्रका गाेपि लाल तामाङ् र नेकपा एकीकृत समाजवादिका सुनिल लामा बीच प्रतिस्पर्धा हुनेछ ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ रामेछापमा टाटाको योद्धा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु
- २ तामाङ समाज यूएईद्वारा विद्यालयलाई प्रोजेक्टर सहयोग
- ३ बाढी प्रभावितलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर संचालन हुँदै
- ४ रामेछापमा वृद्ध दम्पतीलाई बन्धक बनाएर डकैती गर्ने गिरोह पक्राउ
- ५ प्रेस युनियन रामेछापको अध्यक्षमा श्रेष्ठ
- ६ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- ७ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ८ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन













प्रतिक्रिया दिनुहोस