एमालेले बाड्न ल्याएको मल नियन्त्रण

रामेछाप । स्थानीय तहको निर्वाचनमा मतदातालाई प्रभाव पार्ने गरी नेकपा एमालेले रामेछापको लिखु तामामाकोशी गाउँपालिकाको विजुलीकोटमा पुर्याएको १ ट्रक रासायनिक मल स्थानीयले कव्जामा लिएर प्रहरीको जिम्मा लगाएका छन् ।
सोमबार विजुलीकोटको भुमेडाडामा पुर्याएको डिएपी र युरिया गरी करिव १ सय बोरा मल नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय धोविमा बुझाइएको हो ।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरिक्षक राजकुमार थिङका अनुसार नियन्त्रणमा लिइएको मलका कसले र कहाँका लागि ल्याएको भन्ने विषयमा अनुसन्धान थालिएको छ । मल ल्याएको कागज पत्र सहित चालक फरार भएको बेला प्रहरी पुगेकाले पनि उक्त मल थप रहस्यको विषय भएको उनले वताए । ‘सुरुमा जानकारी आउदा एमालेले मल ल्यायो भन्ने सुन्नमा आएको हो ’ प्रनाउ थिङले भने तर त्यस बारेमा पुष्टि भइसकेको छैन, हामी वुझ्ने क्रममा छौं ।
मलको गाडि सगैं पक्राउ परेका चालकले आफु तिल्पुङबाट मात्र चालक भएर आएकाले असली चालक आफु नभएको वताएका छन् । ट्रक र मलको विल लगाएतका कागजात नभेटिएकोले उक्त मल राजश्व छलेर ल्याएको हुन सक्ने तर्फ प्रहरीले अनुसन्धान अघी बढाउने भएको छ ।

क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ आत्मदाहकाे प्रयास गरेका प्रेम आचार्यकाे मृत्यु
- २ रामेछाप जेसिजद्वारा विद्यार्थीका लागि ट्राक सुट वितरण
- ३ बागमती प्रदेश स्तरीय भलिबल प्रतियोगितामा चिवतन प्रथम
- ४ उमाकुण्डमा बाेलेराे दुर्घटना हुदा चालककाे मृत्यु
- ५ काँग्रेसको विश्वासको मतले अर्थ राख्दैन – एमाले सचिव विष्ट
- ६ रामेछापमा प्रदेश स्तरीय भलिबल प्रतियोगिता हुदै
- ७ भागबन्डा टुङ्गियाे आजै मन्त्रीपरिसद विस्तार हुने
- ८ साेमबार शाेक विदा
प्रतिक्रिया दिनुहोस