एमालेले बाड्न ल्याएको मल नियन्त्रण
रामेछाप । स्थानीय तहको निर्वाचनमा मतदातालाई प्रभाव पार्ने गरी नेकपा एमालेले रामेछापको लिखु तामामाकोशी गाउँपालिकाको विजुलीकोटमा पुर्याएको १ ट्रक रासायनिक मल स्थानीयले कव्जामा लिएर प्रहरीको जिम्मा लगाएका छन् ।
सोमबार विजुलीकोटको भुमेडाडामा पुर्याएको डिएपी र युरिया गरी करिव १ सय बोरा मल नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय धोविमा बुझाइएको हो ।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरिक्षक राजकुमार थिङका अनुसार नियन्त्रणमा लिइएको मलका कसले र कहाँका लागि ल्याएको भन्ने विषयमा अनुसन्धान थालिएको छ । मल ल्याएको कागज पत्र सहित चालक फरार भएको बेला प्रहरी पुगेकाले पनि उक्त मल थप रहस्यको विषय भएको उनले वताए । ‘सुरुमा जानकारी आउदा एमालेले मल ल्यायो भन्ने सुन्नमा आएको हो ’ प्रनाउ थिङले भने तर त्यस बारेमा पुष्टि भइसकेको छैन, हामी वुझ्ने क्रममा छौं ।
मलको गाडि सगैं पक्राउ परेका चालकले आफु तिल्पुङबाट मात्र चालक भएर आएकाले असली चालक आफु नभएको वताएका छन् । ट्रक र मलको विल लगाएतका कागजात नभेटिएकोले उक्त मल राजश्व छलेर ल्याएको हुन सक्ने तर्फ प्रहरीले अनुसन्धान अघी बढाउने भएको छ ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु
- २ बाम्तीभण्डारमा बजार अनुगमन, दर्ता–नविकरण नगरेकालाई एक साताको अल्टिमेटम
- ३ मन्थली नगरपालिका उत्कृष्ट नगरका रुपमा सम्मानित
- ४ शिक्षाविद् तथा भाषासेवी विष्णु चित्रकारको हृदयघातबाट निधन
- ५ गुनासो रहित सेवा प्रवाह नै मुख्य उद्देश्य : सहायक प्रमुख जिल्ला अधिकारी केसी
- ६ रामेछाप उद्योग वाणिज्य संघकाे अध्यक्षमा प्रकाश कुमार श्रेष्ठ विजयी
- ७ आयुर्वेद सेवामा आकर्षण बढ्दै, स्थानीय तहसम्म विस्तारको प्रयास
- ८ पत्रकार महासंघकाे स्थापना दिवसमा रामेछापमा विविध कार्यक्रम















प्रतिक्रिया दिनुहोस