लिखुतामाकाेसीमा कांग्रेसकाे जित सुनिश्चित छ : महत

रामेछाप – लिखुतामाकोसी गाउँपालिकाका अध्यक्षका पदका उम्मेद्वार केशव महतले काँग्रेसको जित सुनिश्चित भएको दावी गरेका छन् । लिखुतामाकाेसी ४ बिजुलीकोटमा शनिबार चुनावी सभालाई सम्बाेधन गर्ने क्रममा महतले पालिकाका सबै वडा सहित पालिका कांग्रेसले जित्ने निश्चित भएकाे बताएका हुन् ।
अध्यक्षका उम्मेदवार महतले चुनावी सभालाई सम्बोधन गर्दै भने यहाँका जनताले परिवर्तन चाहेका र त्यो परिवर्तन काँग्रेसले मात्र दिन सक्ने भएकाे हुदा लिखुतामाकाेसी गाउँपालिकामा यश पटक कांग्रेसकाे जित सुनिश्चित भएकाे हाे । यश अघि २०७४ काे निर्वाचनमा एमालेले चुनाव जितेकाे थियाे । एमालेका उम्मेदवारले चुनाव जितेपछि जनप्रतिनिधिले राज्य सत्ताको दुरुपयोग गरेर नागरिकलाइ दु:ख मात्र दिएकाे बताउदै पालिकाकाे मुहार फेर्न र विकास गर्न कांग्रेसकाे विकल्प नभएकाे नागरिकले बुझिसकेकाे भन्दै उनले कांग्रेसले चुनाव जित्नेमा अाफु ढुक्क रहेकाे बताए ।
नेपाली कांग्रेस लिखुतामाकाेसी गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार केशव महतले पालिकाकाे ७ वटै वडाका नागरिकको घरमा पुगेर मत माग्ने कार्यक्रम सकेकाे छ । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसबाट पालिकाकाे अध्यक्षमा केशव महत र उपाध्यक्षमा सरस्वती गुरुङ खड्का उम्मेद्वार रहेका छन् । त्यस्तै एमालेबाट अध्यक्षमा कमल कुमार कडेरिया र उपाध्यक्षमा दीपा पाख्रिन उम्मेद्वार रहेका छन् भने माओवादी र नेकपा एकीकृत समाजवादीको गठबन्धनबाट नवराज पौडेल अध्यक्षमा र उपाध्यक्षमा ध्रुव कुमार कार्की रहेका छन् ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ लुटपाट गर्ने एक पुरुष पक्राउ
- २ देउसी खेलेकाे पैसाले खाजा खाएर आफ्नाे गाउँ आफै जाेगाऊ अभियानमा गाइखुराका माझी
- ३ सगरमाथा आरोहणबारे अनुगमन गर्न आधार शिविरमा पर्यटनमन्त्रीको नेतृत्वमा प्रतिनिधिमण्डल
- ४ युनियनले २० बुदे घाेषणापत्र जारी गर्दै पूरा गर्याे अन्तर्राष्ट्रिय लाेमन्थाङ मिडिया समिट
- ५ प्रेस युनियनकाे आयाेजनामा बैशाख २७ देखि ३० सम्म अन्तर्राष्ट्रिय मिडिया समिट हुदै
- ६ भारत पाकिस्तान तनावबारे नेपालकाे धारणा सार्वजनिक
- ७ बागमती प्रदेशभर आज सार्वजनिक बिदा
- ८ उत्कृष्ट सुचना अधिकारी २०८२ बाट मन्थलीका सुचना अधिकारी बुढाथोकी सम्मानित
प्रतिक्रिया दिनुहोस