गोकुलगंगामा काँग्रेसले झण्डा गाड्ने
रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिकामा यस पटक नेपाली काँग्रेसले झण्डा गाड्ने भएको छ ।
स्थानीय तहको निर्वाचनमा काँग्रेसका लोकप्रिय युवा काजिवहादुर खड्का ( दिनेश ) को पक्षमा मतदाताले माहौल वनाएका छन् । चुचुरे देखि फर्पु सम्म काँग्रेसका पक्षमा मतदानका लागि स्थानीय मतदाता उत्साहित भएर लागेका छन् ।
‘यसपालिको भोट नेपाली काँग्रेसलाई’ नामाडिकी सिता खड्काले वताईन । विगतको निर्वाचनमा वडा अध्यक्ष पदमा झिनो मतान्तरले हार वेहोरेका कार्की काठमाण्डौंमा आफ्नो पेशा व्यवसायलाई छोडेर गोकुलगंगाको नागरीकको सुखदुखमा वितग ५ बर्ष निरन्तर लागेकाले पनि खड्का यस पटक पालिकाको प्रमुख पदमा पुग्ने हक राख्ने उनले वताईन ।
खड्काले नागरीकको काम गरे । पद र पावरमा नभएपनि आफ्नो व्यक्तिगत खर्चमा विकास निर्माण गर्ने, अड्डा अदालतमा परि आएका काममा सहयोग गर्ने, कोभिडका बेला नागरीकलाई औषधि र उपचारमा सघाउने अनि प्राकृतिक प्रकोपमा परेकालाई सहयोग गर्ने गरेका खड्का गएका ५ बर्षमा गोकुलगंगाका आम मतदाताको मनमा वस्न सफल भएका थिए । समाजसेवामा रमाएका खड्कालाई यस पटक नेपाली काँग्रेसले टिकट दिएकाले पनि स्थानीयहरु उनलाई जिताउन उत्साहित भएर लागेका छन् ।
खड्काले जलविद्युत, फलामखानी, पर्यटकिय स्थानको विकास, कृषि र फलफुलको विस्तार र वजारीकरण, स्थानीय युवालाई रोजगारी, स्वास्थ्य क्षेत्रमा आमुल परिवर्तन, जडिवुटिमा आधारित उद्योग र रोजगारी, सडक पूर्वाधारको विकास, सिंचाई र खानेपानी, व्यवसायीक खेति र आयआर्जनको क्षेत्रमा काम गर्ने प्रतिवद्धता अघी सारेका छन् ।
गोकुलगंगामा यस अघि नेकपा एमालले जितेको थियो । एमालेका खड्गवहादुर सुनुवारले पालिकाको विकासको नाममा आफ्ना कार्यकर्ताहरुको भर्ती केन्द्र वनाउने, आफन्तलाई मात्र पालिकाबाट सेटिङमा अनुदान दिने काम गरेर आलोचित वनेका थिए । उनले फेरी एमालेबाट टिकट पाएका छन् । ५ बर्ष सम्म काम गर्न नसक्नेले फेरी म काम गरेर देखाउछु भन्ने आधार नभएकाले पनि गोकुलगंगा यस पटक युवा जोश र जाँगर भएका खड्कालाई प्रमुखमा चुन्न आतुर रहेको फर्पुका चेतवहादुर खड्काले वताए । खड्काका अनुसार काँग्रेसले कति मतान्तरमा विजय गर्ने भन्ने मात्र बाँकी छ, निर्वाचन आफ्नो पक्षमा आईसक्यो ।
नेपाली काँग्रेसबाट पालिकाको उपाध्यक्षमा चुचुरेकी उषा कार्की उम्मेदवार छिन । सिंगो पालिकामा लोकप्रिय महिला कार्की र युवा जोशले भरिएका खड्काको नेतृत्वमा पालिकाको नेपाली काँग्रेसले आउदो ५ बर्ष नागरीकको सेवा गर्नेमा अव कुनै शंका नभएको खड्काले वताए ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ रामेछापमा टाटाको योद्धा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु
- २ तामाङ समाज यूएईद्वारा विद्यालयलाई प्रोजेक्टर सहयोग
- ३ बाढी प्रभावितलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर संचालन हुँदै
- ४ रामेछापमा वृद्ध दम्पतीलाई बन्धक बनाएर डकैती गर्ने गिरोह पक्राउ
- ५ प्रेस युनियन रामेछापको अध्यक्षमा श्रेष्ठ
- ६ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- ७ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ८ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन













प्रतिक्रिया दिनुहोस