एमाले कार्यकर्ताले काँग्रेस कुटे

रामेछाप । निर्वाचनको मिति नजिकीदै जादा रामेछाप नगरपालिकाको रामपुरमा एमाले कार्यकर्ताहरुले नेपाली काँग्रेसका कार्यकर्ता माथि सांघातिक आक्रमण गरेका छन् ।
शुक्रबार निर्वाचनको प्रचार प्रसारमा हिडेका नेपाली काँग्रेसका कार्यकर्ता दानवहादुर तामाङलाई एमाले कार्यकर्ताले रामपुरमा सांघातिक आक्रमण गरी घाईते बनाएका छन् । घाईते तामाङको अनुहार र शरिरका विभिन्न भागमा चोटपटक लागेको छ ।
आक्रमणबाट बच्न सफल तामाङको रामेछाप अस्पतालमा उपचार भइरहेको छ । आक्रमणमा सम्लग एमाले कार्यकर्ताहरु विरुद्ध कारवाहिको लागि प्रहरी चौकी रामेछापमा जाहेरी हालेका छन् । प्रहरीले आक्रमणमा सम्लग्नको खोजिलाई तिव्र पारेको छ ।
रामेछाप नगरपालिकामा फेरी पनि हार्ने मानसिकता वनाएपछि एमाले आक्रमणमा उत्रिएको हो । पहिलो निर्वाचनमा एमालले पराजय भोगेको थियो । नेपाली काँग्रेसबाट नगर प्रमुखका उम्मेदवार लबश्री न्यौपाने र उप प्रमुखका उम्मेदवार बालकुमारी कार्की थापा लगाएत रामपुरमा काँग्रेसको फराकिलो मतान्तरले विजय हुने निश्चित देखेपछि एमाले कार्यकर्ताहरु अताल्लिएका छन् । निर्वाचनका लागि स्वच्छ प्रचार प्रसार कार्यको विरोध गर्नु र सांघातिक हमला गर्नुले एमालेको चरित्र उदाङ्गो भएको काँग्रेस नेतृ कुमारी हायुले वताइन ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ लुटपाट गर्ने एक पुरुष पक्राउ
- २ देउसी खेलेकाे पैसाले खाजा खाएर आफ्नाे गाउँ आफै जाेगाऊ अभियानमा गाइखुराका माझी
- ३ सगरमाथा आरोहणबारे अनुगमन गर्न आधार शिविरमा पर्यटनमन्त्रीको नेतृत्वमा प्रतिनिधिमण्डल
- ४ युनियनले २० बुदे घाेषणापत्र जारी गर्दै पूरा गर्याे अन्तर्राष्ट्रिय लाेमन्थाङ मिडिया समिट
- ५ प्रेस युनियनकाे आयाेजनामा बैशाख २७ देखि ३० सम्म अन्तर्राष्ट्रिय मिडिया समिट हुदै
- ६ भारत पाकिस्तान तनावबारे नेपालकाे धारणा सार्वजनिक
- ७ बागमती प्रदेशभर आज सार्वजनिक बिदा
- ८ उत्कृष्ट सुचना अधिकारी २०८२ बाट मन्थलीका सुचना अधिकारी बुढाथोकी सम्मानित
प्रतिक्रिया दिनुहोस