नगरप्रमुखमा विनाेद कार्कीलाई मत माग्न गगन थापा मन्थली अाउदै
रामेछाप – मन्थली नगरपालिकाकाे प्रमुखका उम्मेदवार विनाेद कार्कीलाई मत माग्न बैशाख २४ गते गगन थापा मन्थली अाउने भएका छन् । नेपाली कांग्रेसका तर्फबाट मन्थली नगरपालिकाकाे प्रमुखका उम्मेदवार विनाेद कार्कीलाई मत माग्न नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापा शनिबार मन्थली अाउने भएका हुन् । नेपाली कांग्रेस मन्थलीले यहि बैशाख ३० गते हुने स्थानिय तहकाे निर्वाचन केन्द्रित गरेर मन्थलीमा अायाेजना गरेकाे चुनावी सभालाई सम्बाेधन गर्न नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापा मन्थली अाउने भएका छन् । उम्मेदवारहरुकाे घरदैलाे कार्यक्रम चलिहरेकै बेला शनिबार भने मन्थलीमा कांग्रेसले चुनावी सभा गर्ने भएकाे छ । साेही सभालाई सम्बाेधन गर्नका थापा मन्थली अाउने मन्थली नगरपालिका चुनाव परिचालन समितिका संयाेजक युवराज भट्टराईले जानकारी दिएका छन् ।
देशभर सत्ता गठबन्धनबिच चुनावी तालमेल गरेकाे भएता पनि रामेछापकाे ८ वटा पालिका मध्ये खाँडादेवि र दाेरम्बा सैलुङ्ग गाउपालीकामा मात्र गठबन्धन भएकाे छ । मन्थली गरपालिकामा भने नेपाली कांग्रेस एक्लै चुनावी मैदानमा उत्रेकाे छ । जिल्लाकाे सदरमुकाम समेत रहेकाे मन्थली नगरपालिकामा यस अघि २०७४ काे निर्वाचनमा नेपाली कांग्रेस दाेस्राे स्थानमा रहेकाे थियाे । यस पटक कांग्रेसकाे संगठनमा सुधार अाएकाे र तालमेल विनानै चुनाव जित्न सकिने अाधारहरु भएकाले मन्थली नगरपालिकामम तालमेल नगरिएकाे नेपाली कांग्रेस रामेछापले जनाएकाे छ ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ पत्रकार पौडेललाई पुष्पलाल स्मृति पत्रकारिता पुरस्कार
- २ वीपी स्मृतिमा वृक्षारोपण , जरा अभियान पनि सम्पन्न
- ३ बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’
- ४ गुडिरहेको स्कुटरमा मृग ठोक्किँदा चालक घाइते, थप उपचारका लागि काठमाडौं पठाइयो
- ५ बालिका शिक्षामा रेष्टको योगदान प्रशंसनीय
- ६ रामेछाप पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा
- ७ रामेछापको उद्योग तथा वाणिज्य कार्यालय नमुना कार्यालय
- ८ लागूऔषध नियन्त्रण सप्ताह: सचेतनाकाे कार्यक्रम देखि गाँजाकाे बाेट नष्टसम्म













प्रतिक्रिया दिनुहोस