नगरप्रमुखमा विनाेद कार्कीलाई मत माग्न गगन थापा मन्थली अाउदै

रामेछाप – मन्थली नगरपालिकाकाे प्रमुखका उम्मेदवार विनाेद कार्कीलाई मत माग्न बैशाख २४ गते गगन थापा मन्थली अाउने भएका छन् । नेपाली कांग्रेसका तर्फबाट मन्थली नगरपालिकाकाे प्रमुखका उम्मेदवार विनाेद कार्कीलाई मत माग्न नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापा शनिबार मन्थली अाउने भएका हुन् । नेपाली कांग्रेस मन्थलीले यहि बैशाख ३० गते हुने स्थानिय तहकाे निर्वाचन केन्द्रित गरेर मन्थलीमा अायाेजना गरेकाे चुनावी सभालाई सम्बाेधन गर्न नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापा मन्थली अाउने भएका छन् । उम्मेदवारहरुकाे घरदैलाे कार्यक्रम चलिहरेकै बेला शनिबार भने मन्थलीमा कांग्रेसले चुनावी सभा गर्ने भएकाे छ । साेही सभालाई सम्बाेधन गर्नका थापा मन्थली अाउने मन्थली नगरपालिका चुनाव परिचालन समितिका संयाेजक युवराज भट्टराईले जानकारी दिएका छन् ।
देशभर सत्ता गठबन्धनबिच चुनावी तालमेल गरेकाे भएता पनि रामेछापकाे ८ वटा पालिका मध्ये खाँडादेवि र दाेरम्बा सैलुङ्ग गाउपालीकामा मात्र गठबन्धन भएकाे छ । मन्थली गरपालिकामा भने नेपाली कांग्रेस एक्लै चुनावी मैदानमा उत्रेकाे छ । जिल्लाकाे सदरमुकाम समेत रहेकाे मन्थली नगरपालिकामा यस अघि २०७४ काे निर्वाचनमा नेपाली कांग्रेस दाेस्राे स्थानमा रहेकाे थियाे । यस पटक कांग्रेसकाे संगठनमा सुधार अाएकाे र तालमेल विनानै चुनाव जित्न सकिने अाधारहरु भएकाले मन्थली नगरपालिकामम तालमेल नगरिएकाे नेपाली कांग्रेस रामेछापले जनाएकाे छ ।

क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ गुम्देलमा भिषण डढेलो , नियन्त्रणको प्रयास असफल
- २ १२ निर्माण व्यवसायी कालाेसुचिमा
- ३ अमेरिकी उपविदेशमन्त्रि नेपाल आउदै
- ४ रास्वपाकाे कार्यवाहक सभापतिकाे जिम्मेवारी अर्याललाई
- ५ एकैदिन दुई विद्यालय हस्तान्तरण
- ६ आत्मदाहकाे प्रयास गरेका प्रेम आचार्यकाे मृत्यु
- ७ रामेछाप जेसिजद्वारा विद्यार्थीका लागि ट्राक सुट वितरण
- ८ बागमती प्रदेश स्तरीय भलिबल प्रतियोगितामा चिवतन प्रथम
प्रतिक्रिया दिनुहोस