आचार संहिता मिचेर प्रचारका लागि स्वागत द्वार निर्माण

रामेछाप । निर्वाचन आचर संहिताको खिल्ली उड्ने गरी रामेछापको मन्थली नगरपालिका लगाएतमा राजनीतिक दलले मनलाग्दि आचार संहिता उल्लघन गरेका छन् । मन्थली नगरपालिकामा आचार संहिता उल्लघंन गर्नेमा एमाले सवैभन्दा अघी छ । एमालेले मन्थली नगरपालिकामा स्वागत द्धारनै निर्माण गरेर प्रचार गरेको छ । जिल्ला सदरमुकाम भन्दा झण्डै ४ किलोमिटर भित्रकै क्षेत्रमा मन्थली वडा नम्बर २ को कैलाश डाडाँमा एमालेले स्वागत द्धार वनाएको हो । स्वागत द्धारमा एमालेबाट पालिकामा उम्मेदवार भएका प्रमुख र उप्रमुखका अतिरीक्त वडा अध्यक्ष र वडा सदस्यहरुको फोटो, प्रचार सामाग्रिी र झण्डा राखिएको छ । स्थानीय प्रहरी प्रशासन र मुख्य निर्वाचन अधिकृतको कार्यालयको नाकै अघी कानुनको धज्जी उडाउदै एमालेले गरेको उक्त आचार संहिता विपरीतको काम रोक्ने आँट कसैले गरेको छैन् । मन्थली नगरपालिका वडा नम्बर २ का वडा अध्यक्षका उम्मेदवार निर्माण व्यवसायी हुन । उनले केहि दिन अघी आचार संहिता विपरीत स्थानीय दलित वस्तीमा शैक्षिक सामाग्री भनेर बालवालिकाहरुलाई झोला र ड्रेस उपलव्ध गराएका थिए । निर्वाचन आचार संहिता जारी भइसकेपछि उक्त सामाग्री बाड्न पुगेका कार्की र उनका कार्यकर्ताहरुले निर्वाचन आचार संहिता लागेकोले केहि भाषण नगरेको उल्लेख गरेर भोट मात्र माग्न आएको उल्लेख गरेका थिए । आचार संहिता विपरित हुने लकेट, गाडिमा झण्डा, सार्वजनिक स्थानमा झण्डा, कार्यक्रम बाहिर लाउड स्पीकरको प्रयोग, भोज भतेर लगाएतका आचार संहिता उल्लघन गर्नेमा एमाले लगाएत प्रमुख राजनीतिक दल नेपाली काँग्रेस र एकिकृत माओवादी समेत छन् । खाँडादेवि गाउंपालिकामा एकिकृत समाजवादीले भोट माग्न जाने कार्यकर्तालाई क्याप र टि सर्ट समेत छापेर वितरण गरेको छ । यसैगरी अन्य पालिकामा समेत टि सर्ट छपाई भइसकेको र वितरणको तयारी रहेको वुझीएको छ । निर्वाचन आयोगले तोकेको साईज भन्दा फरक र रंगिन पोष्टर, क्यालेण्डर लगाएत आकर्षक सामाग्री वितरण गरेर राजनीतिक दलहरुले चुनावी कार्यक्रमलाई भडकिलो वनाउदै आएका छन् ।

क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ आत्मदाहकाे प्रयास गरेका प्रेम आचार्यकाे मृत्यु
- २ रामेछाप जेसिजद्वारा विद्यार्थीका लागि ट्राक सुट वितरण
- ३ बागमती प्रदेश स्तरीय भलिबल प्रतियोगितामा चिवतन प्रथम
- ४ उमाकुण्डमा बाेलेराे दुर्घटना हुदा चालककाे मृत्यु
- ५ काँग्रेसको विश्वासको मतले अर्थ राख्दैन – एमाले सचिव विष्ट
- ६ रामेछापमा प्रदेश स्तरीय भलिबल प्रतियोगिता हुदै
- ७ भागबन्डा टुङ्गियाे आजै मन्त्रीपरिसद विस्तार हुने
- ८ साेमबार शाेक विदा
प्रतिक्रिया दिनुहोस