आचार संहिता मिचेर प्रचारका लागि स्वागत द्वार निर्माण
रामेछाप । निर्वाचन आचर संहिताको खिल्ली उड्ने गरी रामेछापको मन्थली नगरपालिका लगाएतमा राजनीतिक दलले मनलाग्दि आचार संहिता उल्लघन गरेका छन् । मन्थली नगरपालिकामा आचार संहिता उल्लघंन गर्नेमा एमाले सवैभन्दा अघी छ । एमालेले मन्थली नगरपालिकामा स्वागत द्धारनै निर्माण गरेर प्रचार गरेको छ । जिल्ला सदरमुकाम भन्दा झण्डै ४ किलोमिटर भित्रकै क्षेत्रमा मन्थली वडा नम्बर २ को कैलाश डाडाँमा एमालेले स्वागत द्धार वनाएको हो । स्वागत द्धारमा एमालेबाट पालिकामा उम्मेदवार भएका प्रमुख र उप्रमुखका अतिरीक्त वडा अध्यक्ष र वडा सदस्यहरुको फोटो, प्रचार सामाग्रिी र झण्डा राखिएको छ । स्थानीय प्रहरी प्रशासन र मुख्य निर्वाचन अधिकृतको कार्यालयको नाकै अघी कानुनको धज्जी उडाउदै एमालेले गरेको उक्त आचार संहिता विपरीतको काम रोक्ने आँट कसैले गरेको छैन् । मन्थली नगरपालिका वडा नम्बर २ का वडा अध्यक्षका उम्मेदवार निर्माण व्यवसायी हुन । उनले केहि दिन अघी आचार संहिता विपरीत स्थानीय दलित वस्तीमा शैक्षिक सामाग्री भनेर बालवालिकाहरुलाई झोला र ड्रेस उपलव्ध गराएका थिए । निर्वाचन आचार संहिता जारी भइसकेपछि उक्त सामाग्री बाड्न पुगेका कार्की र उनका कार्यकर्ताहरुले निर्वाचन आचार संहिता लागेकोले केहि भाषण नगरेको उल्लेख गरेर भोट मात्र माग्न आएको उल्लेख गरेका थिए । आचार संहिता विपरित हुने लकेट, गाडिमा झण्डा, सार्वजनिक स्थानमा झण्डा, कार्यक्रम बाहिर लाउड स्पीकरको प्रयोग, भोज भतेर लगाएतका आचार संहिता उल्लघन गर्नेमा एमाले लगाएत प्रमुख राजनीतिक दल नेपाली काँग्रेस र एकिकृत माओवादी समेत छन् । खाँडादेवि गाउंपालिकामा एकिकृत समाजवादीले भोट माग्न जाने कार्यकर्तालाई क्याप र टि सर्ट समेत छापेर वितरण गरेको छ । यसैगरी अन्य पालिकामा समेत टि सर्ट छपाई भइसकेको र वितरणको तयारी रहेको वुझीएको छ । निर्वाचन आयोगले तोकेको साईज भन्दा फरक र रंगिन पोष्टर, क्यालेण्डर लगाएत आकर्षक सामाग्री वितरण गरेर राजनीतिक दलहरुले चुनावी कार्यक्रमलाई भडकिलो वनाउदै आएका छन् ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ पत्रकार पौडेललाई पुष्पलाल स्मृति पत्रकारिता पुरस्कार
- २ वीपी स्मृतिमा वृक्षारोपण , जरा अभियान पनि सम्पन्न
- ३ बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’
- ४ गुडिरहेको स्कुटरमा मृग ठोक्किँदा चालक घाइते, थप उपचारका लागि काठमाडौं पठाइयो
- ५ बालिका शिक्षामा रेष्टको योगदान प्रशंसनीय
- ६ रामेछाप पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा
- ७ रामेछापको उद्योग तथा वाणिज्य कार्यालय नमुना कार्यालय
- ८ लागूऔषध नियन्त्रण सप्ताह: सचेतनाकाे कार्यक्रम देखि गाँजाकाे बाेट नष्टसम्म













प्रतिक्रिया दिनुहोस