• काेसिस न्यूज
  • रामेछापमा काँग्रेसको बर्चश्व गुम्न दिदैनौं : काँग्रेस


    रामेछाप । नेपाली काँग्रेसले रामेछाप नगरपालिकामा फेरी आफ्नो वर्चश्व कायमै राख्नेगरी मतदाताको घर दैलोमा पुग्ने कार्यक्रमलाई तिव्रता दिएको छ ।
    रामेछाप काँग्रेसको मुल हो , त्यसैले काँग्रेस भइ रहन्छ स्थानीय तहको निर्वाचनमा भोट माग्दै गाउँ पसेका रामेछाप नगरपालिकाका प्रमुख नरबहादुर थापामगरले वताउनुभयो । हाम्रो नेतृत्वको नगरपालिकाले रामेछापमा धेरै महत्वपूर्ण विकास निर्माणका काम थालेका छौं मगरले भन्नुभयो त्यसलाई पुरा गराउन र समृद्ध रामेछाप बनाउनका लागि नेतृत्व फेरी पनि काँग्रेसलेनै पाउनुपर्छ । उहाँले रामेछाप नगरपालिका नेपाली काँग्रेसले जित्ने कुरामा कुनै सन्देह नभएको वताउनुभयो ।
    रामेछाप नगरपालिकामा ५ बर्ष नेतृत्व पाएको काँग्रेसले नगर क्षेत्रका रणनैतिक योजनाको खाका वनाएको छ । हामी संग के छ र के काम गर्दा नागरीकको सुविधामा सहयोग पुग्छ भन्ने कुरा हामीलाई राम्रो संग थाहा छ मगरले भन्नुभयो त्यहि काम पुरा गर्नका लागि काँग्रेसलाई फेरी पनि जिम्मेवारी दिन मतदाताले उत्साहपूर्वक घरदैलो र पार्टीको कार्यक्रममा सहभागिता जनाइरहेका छन् ।
    विगतमा रामेछाप गरपालिकाले मेरुदण्ड सडक, भालुखोपमा पर्यटन पूर्वाधार, होमस्टे, नगरपालिका र वडा कार्यालय भवन, सुख्खा क्षेत्रमा टंकी वितरण, व्यवसायीक जुनार खेती प्रवद्र्धन, पशु नशल सुधार, सामाजिक सुरक्षा भत्तामा सहजीकरण, घर दैलोमानै पुगेर योजना संझौता, नदी नियन्त्रण , सिंचाई र खानेपानीका महत्वपूर्ण संरचनाको निर्माण गरेको छ । अव ति कार्यक्रमहरुलाई अझ विस्तारका लागि काँग्रेसकै नेतृत्व आवश्यक रहेको मगरले जोड दिनुभएको छ ।
    नौ वटा वडा रहेको रामेछापमा यो पटक नेपाली काँग्रेसले लोकप्रिय नेता लबश्री न्यौपानेलाई नगर प्रमुखको रुपमा उतारेको छ । न्यौपाने पञ्चायतकाल देखि जनताको घर दैलोमा परिचित नेता हुनुहुन्छ । उहाँ पञ्चायत शासकहरुको विरोधमा जनपक्षिय उम्मेदवार भई साविक रामेछाप गाविसमा निर्वाचित भएर नागरीकको सेवा गर्नुभएको थियो ।
    लामो समय सम्म राजनीतिमा सक्रिय न्यौपानेले काँग्रेसको जिल्ला समितिलाई कुशुलतापूर्वक नेतृत्व मात्र गर्नुभएन संगठन विस्तारमा समते उत्तिकै जोड दिनुभयो । सवै जात जाति भाषा भाषिलाई उत्तिकै स्नेह र सम्मान गर्न सिपालु न्यौपाने रामेछाप नगरपालिकामा वसोवास गर्ने जनजातिहरुका आँखाको नानीको रुपमा रहनु भएको छ । मैले रामेछापका हरेक नागरीकको दुख्खमा आँशु चुहाएको छु अनि खुसीमा सगैं रमाएको छु न्यौपानेले भन्नुभयो – अव सगैं वसेर काम गर्नका लागि उहाँहरुकै साथमा आएको छु । मैले निर्वाचीत हुने वित्तिकै गरिव , दुखी, असाहय, आर्थिक अभाव झेलेका नागरीकहरुलाई सहयोग र सुविधा उपलव्ध गराएर जागरुक नागरीकलाई व्यवसायीक शिप प्रदान गर्ने, व्यवसायमा अनुदान दिने र वजारीकरणमा सघाउने योजना ल्याउनेछु उहाँले भावि योजना सुनाउनुभयो । सम्वृद्ध रामेछाप मेरो परिकल्पना हो न्यौपानेले आफुले निर्वाचन जिते पछि गर्ने विभिन्न विकास निर्माणका कार्यहरुको खाका सहितको प्रतिवद्धता पत्र समेत सार्वजनिक गरीसक्नु भएको छ ।
    काँग्रेसले नगर उप प्रमुख पदमा बालकुमारी कार्कीलाई उम्मेदवार वनाएको छ । गोठगाउँमा स्थायी वसोवास रहेकी कार्की विगत २० बर्ष देखि राजनितीमा सम्लग्न रहनुु भएको छ । नेपाली काँग्रेस र विभिन्न संघ संस्थामा रहेर समाजसेवामा सक्रिय रहदै आएकी कार्की राजनीतिक संस्कारयुक्त महिला हुनुहुन्छ ।
    सरल, मृदुभाषि र तमाम महिलाहरुको दुखकष्टमा सघाउदै आएकी कार्कीलाई उम्मेदवार वनाएपछि रामेछाप नगरपालिकाका महिलाहरु उत्साहि भएका छन् । ‘योग्य महिला जसले समाजसेवामा केहि गरेको र गर्ने सोच र खाका सहित अगाडी वढेको छ, उसलाई सहयोग गर्न पाउदा हौसीएका छौं ’ आम मतदाताहरु घर दैलोमा पुग्दा यस्तै भनिरहेका हुन्छन । उहाँ सगं महिलाहरुका अधिकारहरुको रक्षा, अन्यायमा परेकाहरु लाई न्याय दिलाउने, विकास निर्माणका योजनामा प्राथमिकता निर्धारण गरी र वजेट विनीयोजन गर्ने, हरेक योजना स्थलमा पुगेर अनुगमन गर्ने र धेरै भन्दा धेरै नागरिकको सेवामा ध्यान दिने जस्ता योजना रहेका छन् ।
    सम्वृद्ध रामेछाप वनाउनका लागि नेपाली काँग्रेसले वडा नम्बर १ देखि ९ सम्म अन्य पार्टीको भन्दा भरोसायोग्य र केहि गरौं भन्ने सोचका धनि युवाहरुलाई वडा अध्यक्षको उम्मेदवार वनाएकोले पनि यो पटक विगतमा भन्दा धेरै मतान्तरमा रामेछापमा आफ्नो झण्डा गाड्नेमा नेताहरु आशावादी हुनुहुन्छ । काँग्रेसले निर्वाचनको क्रममा अरुलाई गालि गर्ने भन्दा पनि आफ्नो कुरा लिएर अघी बढेको र आम मतदाताको अथाह साथ पाएको जनाएको छ ।


    क्याटेगोरी : राजनीति, समाचार

    प्रतिक्रिया दिनुहोस