रामेछापमा ३३६ पदका लागि १२५९ काे उम्मेदवारी

रामेछाप -रामेछाप जिल्लाकाे ८ वटा पालिका र ६४ वटा वडामा ३३६ पदका लागि १ हजार २ सय ५९ जनाकाे उम्मेदवारी परेकाे छ ।
बैशाख ३० गते हुने स्थानिय तहकाे निर्वाचनका लागि विभिन्न पदमा गरि जम्मा १ हज २ सय ५९ जनाकाे उम्मेदवारी परेकाे मुख्य निर्वाचन अधिकृतकाे कार्यालय मन्थलीले जानकारी दिएकाे छ । रामेछाप जिल्लामा रहेकाे २ नगरपालिका र ६ गाउपालिका र ६४ वटा वडामा गरि निर्वाचित हुने पद ३३६ का लागि १ हजार २ सय ५९ जनाकाे उम्मेदवारी परेकाे छ ।
जस्मा मन्थली नगरपालिका प्रमुखकाे पदका लागि ९ जना, उपप्रमुखबा लागि ६ जना त्यस्तै रामेछाप नगरपालिका प्रमुखका लागि ४ जना र उपप्रमुखका लागि ५ जनाकाे उम्मेदवारी परेकाे छ । यसैगरि खाडादेवी गाउपालिका अध्यक्षका लागि ५ जना र उपाध्यक्षका लागि ४ जनाकाे उम्मेदवारी परेकाे छ भने सुनापति गाउँपालिका अध्यक्षका लागि ६ जना र उपाध्यक्षका लागि ४ जनाकाे उम्मेदवारी रहेकाे छ । त्यसैगरी दाेरम्बा सैलुङ्ग गाउपालिका अध्यक्ष पदका लागि ७ र उपाध्यक्ष पदका लागि ४ जनकाे उम्मेदवारी रहेकाे निर्वाचन अधिकृतकाे कार्यालयले जानकारी दिएकाे छ ।
त्यस्तै लिखुतामाकाेसी गाउपालिका अध्यक्ष पदका लागि ६ जना र उपाध्यक्ष पदका लागि ४ जनाकाे उम्मेदवारी परेकाे छ । त्यसैगरि गाेकुलगंगा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष पदका लागि ४ -४ जनाकाे उम्मेदवारी परेकाे छ भने उमाकुण्ड गाउपालिकामा अध्यक्ष पदका लागि ४ जना र उपाध्यक्ष पदका लागि ५ जनकाे उम्मेदवारी रहेकाे निर्याचन अधिकृतकाे कार्यालयले जनाएकाे छ ।
यसरी जिल्लाकाे ६४ वडाहरुमा विभिन्न राजनिती दल तथा स्वतन्त्रका तर्फबाट वडा अध्यक्ष पदका लागि २ सय ६५ जनकाे उम्मेदवारी रहेकाे छ भने वडा सदस्यहरुमा खुला सलस्यमा ४ सय ७७ , महिला सदस्यमा २ सय २६ र दलित महिला सदस्यमा २०७ जना सहित जिल्लाका सबै तहमा गरि १ हजार २ सय ५९ जनाकाे उम्मेदवारी रहेकाे मुख्य निर्वाचन अधिकृतकाे कार्यालय मन्थलीले जानकारी दिएकाे छ ।

क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ राष्ट्रिय पदमार्ग निर्माण मापदण्ड’ सबै तहका सरकारले लागू गर्ने
- २ प्रणवानन्द आश्रममा बालबालिकालाई पूर्ण नि:शुल्क अध्यापन
- ३ मन्थली नगरपालिका: जेष्ठमसान्त भित्र बालमैत्री नगर घाेषणा हुँदै
- ४ राष्ट्र बैंककाे गभर्नरमा डा: बिश्वनाथ पाैडेल नियुक्त
- ५ लुटपाट गर्ने एक पुरुष पक्राउ
- ६ देउसी खेलेकाे पैसाले खाजा खाएर आफ्नाे गाउँ आफै जाेगाऊ अभियानमा गाइखुराका माझी
- ७ सगरमाथा आरोहणबारे अनुगमन गर्न आधार शिविरमा पर्यटनमन्त्रीको नेतृत्वमा प्रतिनिधिमण्डल
- ८ युनियनले २० बुदे घाेषणापत्र जारी गर्दै पूरा गर्याे अन्तर्राष्ट्रिय लाेमन्थाङ मिडिया समिट
प्रतिक्रिया दिनुहोस