मन्थली नगरपालिकाकाे प्रमुखमा ३ स्वतन्त्र सहित ९ जनाकाे उम्मेदवारी

रामेछाप -रामेछापकाे सदरमुकाम मन्थली नगरपालिकाकाे प्रमुखमा स्वतन्त्र तर्फबाट ३ जना सहित विभिन्न राजनितीक दलकाे ५ जना गरि ९जनाकाे उम्मेदवारी रहेकाे छ ।
शुक्रबार मुख्य निर्वाचन अधिकारीकाे कार्यालय मन्थलीले प्रकाशन गरेकाे अन्तिम नामावलीमा प्रकाशनमा स्वतन्त्रतर्फबाट ३ जना र विभिन्न राजनीतिक दलहरुकाे तर्फबाट ५ जना सहित ९ जनाकाे उम्मेदवारी रहेकाे छ । प्रमुखका उम्मेदवारहरुमा नेपाली कांग्रेसकाे तर्फबाट विनाेद कार्की , नेकपा एमालेकाे तर्फबाट लव श्रेष्ठ , माअाेवादी केन्द्रकाे तर्फबाट दिपक राज प्रसाईं, नेपाल कम्युनिस्ट पार्टीकाे तर्फबाट मनाेज बुढाथोकी राष्ट्रिय प्रजातान्त्रिक पार्टी नेपालकाे तर्फबाट मनाेज भुजेल र लाेकतान्त्रिक समाजवादी पार्टी नेपालकाे तर्फबाट हरि बहादुर तामाङकाे उम्मेदवारी रहेकाे छ ।
यसैगरि स्वतन्त्र तर्फबाट अरुण श्रेष्ठ , भरत कुमार श्रेष्ठ र यम बहादुर थापाकाे उम्मेदवारी रहेकाे छ ।
मन्थली नगरपालिकाकाे प्रमुखमा परेकाे १० जनाकाे उम्मेदवारी मध्ये १ जनाले मात्र उम्मेदवारी फिर्ता लिएकाे मुख्य निर्वाचन अधिकृतकाे कार्यालय मन्थलीले जानकारी दिएकाे छ । नगर प्रमुखकाे उम्मेदवारी ्ता गराएका चक्र बहादुर कार्कीले उम्मेदवारी फिर्ता लिएका छन् ।

क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ गुम्देलमा भिषण डढेलो , नियन्त्रणको प्रयास असफल
- २ १२ निर्माण व्यवसायी कालाेसुचिमा
- ३ अमेरिकी उपविदेशमन्त्रि नेपाल आउदै
- ४ रास्वपाकाे कार्यवाहक सभापतिकाे जिम्मेवारी अर्याललाई
- ५ एकैदिन दुई विद्यालय हस्तान्तरण
- ६ आत्मदाहकाे प्रयास गरेका प्रेम आचार्यकाे मृत्यु
- ७ रामेछाप जेसिजद्वारा विद्यार्थीका लागि ट्राक सुट वितरण
- ८ बागमती प्रदेश स्तरीय भलिबल प्रतियोगितामा चिवतन प्रथम
प्रतिक्रिया दिनुहोस