मन्थली नगरपालिकाकाे प्रमुखमा ३ स्वतन्त्र सहित ९ जनाकाे उम्मेदवारी
रामेछाप -रामेछापकाे सदरमुकाम मन्थली नगरपालिकाकाे प्रमुखमा स्वतन्त्र तर्फबाट ३ जना सहित विभिन्न राजनितीक दलकाे ५ जना गरि ९जनाकाे उम्मेदवारी रहेकाे छ ।
शुक्रबार मुख्य निर्वाचन अधिकारीकाे कार्यालय मन्थलीले प्रकाशन गरेकाे अन्तिम नामावलीमा प्रकाशनमा स्वतन्त्रतर्फबाट ३ जना र विभिन्न राजनीतिक दलहरुकाे तर्फबाट ५ जना सहित ९ जनाकाे उम्मेदवारी रहेकाे छ । प्रमुखका उम्मेदवारहरुमा नेपाली कांग्रेसकाे तर्फबाट विनाेद कार्की , नेकपा एमालेकाे तर्फबाट लव श्रेष्ठ , माअाेवादी केन्द्रकाे तर्फबाट दिपक राज प्रसाईं, नेपाल कम्युनिस्ट पार्टीकाे तर्फबाट मनाेज बुढाथोकी राष्ट्रिय प्रजातान्त्रिक पार्टी नेपालकाे तर्फबाट मनाेज भुजेल र लाेकतान्त्रिक समाजवादी पार्टी नेपालकाे तर्फबाट हरि बहादुर तामाङकाे उम्मेदवारी रहेकाे छ ।
यसैगरि स्वतन्त्र तर्फबाट अरुण श्रेष्ठ , भरत कुमार श्रेष्ठ र यम बहादुर थापाकाे उम्मेदवारी रहेकाे छ ।
मन्थली नगरपालिकाकाे प्रमुखमा परेकाे १० जनाकाे उम्मेदवारी मध्ये १ जनाले मात्र उम्मेदवारी फिर्ता लिएकाे मुख्य निर्वाचन अधिकृतकाे कार्यालय मन्थलीले जानकारी दिएकाे छ । नगर प्रमुखकाे उम्मेदवारी ्ता गराएका चक्र बहादुर कार्कीले उम्मेदवारी फिर्ता लिएका छन् ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- २ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार
- ३ सरकारको निरन्तरताका लागि समर्थन जुटाउने जिम्मा मुख्यमन्त्री बानियाँलाई
- ४ ३२औँ कार्गो दिवस सम्पन्न, व्यापार सहजीकरणमा फ्रेट फरवार्डिङ क्षेत्रको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री बानियाँ
- ५ गोपालमान श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण, नेपाली कांग्रेसले तीन दिन राष्ट्रिय शोक मनाउने
- ६ पत्रकार पौडेललाई पुष्पलाल स्मृति पत्रकारिता पुरस्कार
- ७ वीपी स्मृतिमा वृक्षारोपण , जरा अभियान पनि सम्पन्न
- ८ बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’













प्रतिक्रिया दिनुहोस