मन्थली २ काे वडा अध्यक्षमा कांग्रेसकाे तर्फबाट बस्नेतकाे उम्मेदवारी

रामेछाप -नेपाली कांग्रेसकाे तर्फबाट मन्थली नगरपालिका वडा नम्बर २ काे अध्यक्ष पदका लागि ईश्वर बस्नेतकाे उम्मेदवारी परेकाे छ ।
उम्मेदवार बस्नेत नेपाली कांग्रेसकाे भातृ संस्था नेपाल विद्यार्थी संघकाे राजनिती गर्दै नेपाल तरुण दलमा सकृय
रहेर काम गर्दै अाएका थिए । राजनितीक क्षेत्र साथै सामाजिकमा पनि असल छवि बनाउन सफल बस्नेत स्थानिय निर्वाचनमा पहिलाे पटक भाग दिदै छन् ।
बस्नेतका बुबा केदार बस्नेत भने २०५४ काे स्थानिय निर्वाचनमा कांग्रेसकाे तर्फबाट साविकाे मन्थली गाविस अध्यक्षका उम्मेदवार थिए । बस्नेत नेपाली कांग्रेसका रामेछापका पुराना नेता हुन । बस्नेतले नेपाली कांग्रेसकाे विभिन्न तहमा रहेर संक्रिय राजनिती गरेका थिए ।बस्नेत साविककाे मन्थली गाविसकाे पुर्व इकाई सभापति , जिल्ला समितिकाे दुई कार्यकाल अामन्त्रित सदस्य र मन्थली नगरपालिकाका उपसभापतिकाे भुमिकामा रहेर काम गरेका थिए ।
रामेछाप जिल्लाकाे सदरमुकाम समेत रहेकाे मन्थली नगरपालिका २ साविककाे कठजाेर र मन्थली गाविसका केही वडाहरु मिलेर बनेकाे छ । जस्मा जम्मा मतदाता संख्या १ हजार ८ सय ६३ रहेकाे छ । यस अघि २०७४ काे स्थानिय निर्वाचनमा नेपाली कांग्रेसका उमेद्वार तरणीशंखर अधिकारीले ४ सय ८८ मत प्राप्त गरेर विजयी भएका थिए ।

क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ आत्मदाहकाे प्रयास गरेका प्रेम आचार्यकाे मृत्यु
- २ रामेछाप जेसिजद्वारा विद्यार्थीका लागि ट्राक सुट वितरण
- ३ बागमती प्रदेश स्तरीय भलिबल प्रतियोगितामा चिवतन प्रथम
- ४ उमाकुण्डमा बाेलेराे दुर्घटना हुदा चालककाे मृत्यु
- ५ काँग्रेसको विश्वासको मतले अर्थ राख्दैन – एमाले सचिव विष्ट
- ६ रामेछापमा प्रदेश स्तरीय भलिबल प्रतियोगिता हुदै
- ७ भागबन्डा टुङ्गियाे आजै मन्त्रीपरिसद विस्तार हुने
- ८ साेमबार शाेक विदा
प्रतिक्रिया दिनुहोस