प्रदेश ख अन्तरगतका नेताहरुलाई जिल्ला नछाड्न प्रदेश सभापति श्रेष्ठको अाग्रह

रामेछाप -स्थानिय तहकाे निर्वाचन नजिकिएसँगै नेपाली कांग्रेस रामेछाप प्रेदश सभा (ख) का सभापति राजेश कुमार श्रेष्ठले प्रदेश ख अन्तर्गतका सबै नेताहरूलाई जिल्ला नछाड्न अाग्रह गरेका छन् ।

स्थानिय तहकाे निर्वाचन नजिकिएसँगै कुनैपनि समयमा निर्वाचन केन्द्रित महत्त्वपूर्ण छलफल तथा निर्णय गर्नुपर्ने हुनसक्ने भन्दै सबैलाई जिल्ला नछाड्न अाग्रह गरेकाे हाे । स्थानिय तहकाे निर्वाचन प्रदेश ख अन्गर्गत पर्ने ४ वटा पालिका र ३२ वटा वडाहरुकाे उमेदवार सिफारिस तथा छनाैटका विषयमा छफलफल गर्नुपर्ने भएकाले नेताहरूलाई जिल्ला नछाड्न प्रदेश सभापति श्रेष्ठले अाग्रह गरेकाे बताएका छन्
यहि बैशाख ३० गते हुने स्थानिय निर्वाचनकाे लागि बैशाख ११ गते मनाेनयन दर्ता गर्नुपर्ने व्यवस्था भएकाले उक्त मिति भन्दा अघि यथासक्य उमेदवार छनाैट गर्नुपर्नेर उमेदवारलाई निर्वाचनमा विजयी गराउन लागिपर्ने भएकाले प्रदेशका सबै नेताकार्यकर्तालाई जिल्ला नछाड्न अाग्रह गरेकाे सभापति श्रेष्ठले बताए ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ गुम्देलमा भिषण डढेलो , नियन्त्रणको प्रयास असफल
- २ १२ निर्माण व्यवसायी कालाेसुचिमा
- ३ अमेरिकी उपविदेशमन्त्रि नेपाल आउदै
- ४ रास्वपाकाे कार्यवाहक सभापतिकाे जिम्मेवारी अर्याललाई
- ५ एकैदिन दुई विद्यालय हस्तान्तरण
- ६ आत्मदाहकाे प्रयास गरेका प्रेम आचार्यकाे मृत्यु
- ७ रामेछाप जेसिजद्वारा विद्यार्थीका लागि ट्राक सुट वितरण
- ८ बागमती प्रदेश स्तरीय भलिबल प्रतियोगितामा चिवतन प्रथम
प्रतिक्रिया दिनुहोस