चुनाव प्रचारका लागि नेविसंघ र प्रेस युनियनले पालिकामा प्रतिनिधि खटायाे
रामेछाप -नेपाल विद्यार्थी संघ र प्रेस युनियन रामेछापले अागामी बैशाख ३० गते हुने स्थानिय तहकाे निर्वाचनमा नेपाली कांग्रेसका उमेदवारकाे प्रचार प्रसार गर्नका लागि पालिका स्तरीय प्रतिनिधि खटाइएकाे छ ।
नेपाली काङ्ग्रेसको भाद्रि संस्था नेपाल विद्यार्थी सघ र शुभेच्छुक संस्था नेपाल प्रेस युनियन रामेछापले शनिबार रामेछापका ८ वटै स्थानिय तहमा चुनाव प्रचारका लागि प्रतिनिधि खटाएकाे हाे । नेविसंघले मन्थली नगरपालिकामा भरत श्रेष्ठ , रामेछाप नगरपालिकामा सराेज श्रेष्ठ ,उमाकुण्ड गाउँपालिकामा दिनेश कार्कीलाई प्रतिनिधि खटाएकाेछ । यसैगरि गाेकुलगंगा गाउँपालिकामा निशान घिमिरे ,लिखुतामाकाेसि गाउँपालिकामा प्रचण्ड सुनुवार,खाडादेवी गाउँपालिकामा रेजन बुढाथोकी , दाेरम्बा सैलुङ् गाउपालिकामा राहुल थापामगर र सुनापति गाउँपालिकामा सुजन घिसिङलाई प्रतिनिधि पठाईएकाे नेविसंघ जिल्ला सभापति सुशील अधिकारीले जानकारी दिएका छन् ।
त्यसैगरि नेपाल प्रेस युनियनले रामेछाप नगरपालिकामा दिपक घिमिरे, मन्थली नगरपालिकामा युवराज श्रेष्ठ , खाडादेवि गाउँपालिकामा सन्ताेष ढुङ्गेल, दाेरम्बा सैलुङ् गाउँपालिकामा टंग गाैतम र सागर बाेहाेरा र सुनापति गाउँपालिकामा ज्ञानु श्रेष्ठ रहेकी छन् । त्यसैगरी उमाकण्डमा गाउँपालिकामा राजन महतरा र रामचन्द्र विक,गाेकुलगंगा गाउँपालिका कुमार श्रेष्ठ र नविन केसि र लिखुतामाकाेसि गाउपालिकामा मिलन विकलाई प्रतिनिधि खटाइएको नेपाल प्रेस युनियनका नेता तथा नेपाली कांग्रेस रामेछापका प्रचार शाखा संयाेजक हिमाल ढुङ्गेलले जानकारी दिएका छन् ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस