चुनाव प्रचारका लागि नेविसंघ र प्रेस युनियनले पालिकामा प्रतिनिधि खटायाे

रामेछाप -नेपाल विद्यार्थी संघ र प्रेस युनियन रामेछापले अागामी बैशाख ३० गते हुने स्थानिय तहकाे निर्वाचनमा नेपाली कांग्रेसका उमेदवारकाे प्रचार प्रसार गर्नका लागि पालिका स्तरीय प्रतिनिधि खटाइएकाे छ ।
नेपाली काङ्ग्रेसको भाद्रि संस्था नेपाल विद्यार्थी सघ र शुभेच्छुक संस्था नेपाल प्रेस युनियन रामेछापले शनिबार रामेछापका ८ वटै स्थानिय तहमा चुनाव प्रचारका लागि प्रतिनिधि खटाएकाे हाे । नेविसंघले मन्थली नगरपालिकामा भरत श्रेष्ठ , रामेछाप नगरपालिकामा सराेज श्रेष्ठ ,उमाकुण्ड गाउँपालिकामा दिनेश कार्कीलाई प्रतिनिधि खटाएकाेछ । यसैगरि गाेकुलगंगा गाउँपालिकामा निशान घिमिरे ,लिखुतामाकाेसि गाउँपालिकामा प्रचण्ड सुनुवार,खाडादेवी गाउँपालिकामा रेजन बुढाथोकी , दाेरम्बा सैलुङ् गाउपालिकामा राहुल थापामगर र सुनापति गाउँपालिकामा सुजन घिसिङलाई प्रतिनिधि पठाईएकाे नेविसंघ जिल्ला सभापति सुशील अधिकारीले जानकारी दिएका छन् ।
त्यसैगरि नेपाल प्रेस युनियनले रामेछाप नगरपालिकामा दिपक घिमिरे, मन्थली नगरपालिकामा युवराज श्रेष्ठ , खाडादेवि गाउँपालिकामा सन्ताेष ढुङ्गेल, दाेरम्बा सैलुङ् गाउँपालिकामा टंग गाैतम र सागर बाेहाेरा र सुनापति गाउँपालिकामा ज्ञानु श्रेष्ठ रहेकी छन् । त्यसैगरी उमाकण्डमा गाउँपालिकामा राजन महतरा र रामचन्द्र विक,गाेकुलगंगा गाउँपालिका कुमार श्रेष्ठ र नविन केसि र लिखुतामाकाेसि गाउपालिकामा मिलन विकलाई प्रतिनिधि खटाइएको नेपाल प्रेस युनियनका नेता तथा नेपाली कांग्रेस रामेछापका प्रचार शाखा संयाेजक हिमाल ढुङ्गेलले जानकारी दिएका छन् ।

क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर जबराकाे निधन
- २ सामाजिक सुरक्षा काेष स्थापना गर्न पत्रकारलाई मुख्यमन्त्री जम्कट्टेलकाे आग्रह
- ३ गुम्देलमा भिषण डढेलो , नियन्त्रणको प्रयास असफल
- ४ १२ निर्माण व्यवसायी कालाेसुचिमा
- ५ अमेरिकी उपविदेशमन्त्रि नेपाल आउदै
- ६ रास्वपाकाे कार्यवाहक सभापतिकाे जिम्मेवारी अर्याललाई
- ७ एकैदिन दुई विद्यालय हस्तान्तरण
- ८ आत्मदाहकाे प्रयास गरेका प्रेम आचार्यकाे मृत्यु
प्रतिक्रिया दिनुहोस