मन्थलीका दर्जनौं युवा कांग्रेस प्रवेस
काठमाडौ – मन्थली नगरपालीका १२ गेलुका दर्जनौं युवाहरु विभिन्न पार्टी परित्याग गरि नेपाली कांग्रेस प्रवेस गरेका छन् ।
शनिबार काठमाडौंमा भएकाे मन्थली १२ गेलु – काठमाडौं सम्पर्क समिति गठन कार्यक्रममा ५० भन्दा बढी युवाहरु कांग्रेस प्रवेस गरेका हुन ।
नेपाली कांग्रेसमा प्रवेस गर्दै मन्थली नगरपालिका १२ गेलुका सुमन अधिकारीले भने यश अघि गलत मान्छेकाे हातमा नेतृत्व पुगेर दु:ख पाएकाे महशुल भएकाे छ , त्यसैले अबकाे निर्वाचनमा कांग्रेसकाे नेतृत्वलाई सफल पार्न र गेलुमा कांग्रेसकाे झण्डा फहराउन कांग्रेस प्रवेश गरेकाे बताए ।
यसैगरि कार्यक्रममा नव प्रवेसीलाइ स्वागत गर्दै नेपाली कांग्रेस रामेछापका सभापति पुर्ण बहादुर तामाङ (कान्छाराम) ले स्थानिय तहकाे निर्वाचनमा रामेछापकाे सबै स्थानमा कांग्रेसलाइ जिताउन अाफु सबै काम छाडेर लागेकाे बताएका छन् । उनले भने ” म सारा काम छाडेर पार्टी जिताउन लागेकाे छु मलाई सहयाेग गर्नाेस “। यसेैगरि सभापति तामाङले भने यदि अागामी निर्वाचन गठबन्धनसँग मिलेर हुने भयाे भने पनि रामेछापमा मन्थली र रामेछाप नगरपालीका कांग्रेसले कुनै हालतमा नछाड्ने बताएका छन् । अाफु कुनै पदमा चुनाव नलडेर भएपनि रामेछापममा कांग्रेस जिताउन लाग्ने तामाङले बताए ।
कार्यक्रममा नेपाली कांग्रेस रामेछापका पुर्व पार्टी सभापति रामचन्द्र खड्का, बागमती प्रदेश सदस्य अर्जुनकुमार केसि, महाधिवेशन प्रतिनिधि युवराज भट्टराई , रत्नहरी ढुङ्गेल , प्रदेश महाधिवेशन प्रतिनिधि ज्ञानु श्रेष्ठ लगाएतले बाेलेका थिए ।
मन्थली १२ गेलु काठमाडौ सम्पर्क समितिमा सन्जिव खत्रिकाे संयाेजकत्वमा ३१ सदस्यीय समिति गठन भएकाे नेपाली कांग्रेस रामेछापका जिल्ला सदस्य दिनेश खड्काले जानकारी दिएका छन् ।कार्यक्रम नेपाली कांग्रेस मन्थली नगरपालिका १२ गेलुका
सभापति खिलेन्द्र खत्रीकाे अध्यक्षता तथा नेपाली कांग्रेस रामेछापका पार्टी सभापति पुर्णबहादुर तामाङ (कान्छाराम)काे प्रमुख अातित्थ्यतामा भएकाे थियाे । कार्यक्रममा नेपाली कांग्रेस रामेछापका उपसभापति नवराज थाेकर , सचिव बिनाेद कार्की, महाधिवेशन प्रतिनिधि तथा महिला संघ रामेछापको सभापति गंगा अधिकारी , सदस्य घननारायण श्रेष्ठ ,नेपाली कांग्रेस रामेछाप काठमाडौं सम्पर्क समितिका अध्यक्ष राजनारायण श्रेष्ठ , उपाध्यक्ष प्रदिप बस्नेत लगाएत सम्पर्क समितिका पदाधिकारीहरुकाे उपस्थिती रहेकाे जिल्ला सदस्य दिनेश खड्काले जानकारी दिएका छन् ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- २ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार
- ३ सरकारको निरन्तरताका लागि समर्थन जुटाउने जिम्मा मुख्यमन्त्री बानियाँलाई
- ४ ३२औँ कार्गो दिवस सम्पन्न, व्यापार सहजीकरणमा फ्रेट फरवार्डिङ क्षेत्रको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री बानियाँ
- ५ गोपालमान श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण, नेपाली कांग्रेसले तीन दिन राष्ट्रिय शोक मनाउने
- ६ पत्रकार पौडेललाई पुष्पलाल स्मृति पत्रकारिता पुरस्कार
- ७ वीपी स्मृतिमा वृक्षारोपण , जरा अभियान पनि सम्पन्न
- ८ बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’













प्रतिक्रिया दिनुहोस