रञ्जु दर्शनाले त्यागिन विवेकशील साझा पार्टी
काठमाडौ -रञ्जु दर्शनाले विवेकशील साझा पार्टी परित्याग गरेकी छन् । दर्शनाले साधारण सदस्य समेत नहरने गरि पार्टी परित्याग गरेकी हुन् ।
दर्शनाले बिहीबार विज्ञप्तिमा जारी गर्दै
आफूले लिएको सम्पूर्ण जिम्मेवारी र हरेक पदबाट साधारण सदस्यसमेत नरहने गरी विवेकशील साझा पार्टीसँगको संलग्नताबाट आफू स्वतन्त्र भएकाे जनाएकी छिन् ।
दर्शनाले भनिन् सके सफा गर्छु , नसकेके फाेहाेर गर्दिन भनेर राजनितीमा अाएकी थिए । “म संलग्न पार्टीले संघीय गणतान्त्रिक नेपालमा वैकल्पिक राजनीतिको खोल ओढेर अत्याधिक फोहोर गरिरहेको छ जुन मैले सफा गर्ने कोसिस पनि गरें तर पूर्ण रूपले सफा गर्न असमर्थ रहें तसर्थ म यहि संगठनमा बसेर नेपाली राजनीतिमा थप फोहोर बढाउन सक्दिन।
यस कारण विवेकशील साझा पार्टी परित्याग गरेकाे उल्लेख गर्दै दर्शनाले तत्काल कुनै पार्टीमा नजाने बताएकी छिन । आफू एक सचेत र स्वतन्त्र नागरिकको भूमिमा रहने दर्शना बताएकी छिन् ।
क्याटेगोरी : राजनीति, समाचार, समाज
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस