पाैडेललाइ सर्वसम्मत सभापति बनाउन निधि तयार
काठमाडौ – नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले रामचन्द्र पाैडेललाइ सर्वसम्मतबाट सभापति बनाउन अाफु तयार रहेकाे बताएका छन् । अाफै सभापतिकाे दाबी गर्दै अाएका निधिले यस्ताे प्रताव अघि सारेका हुन् ।
सभापतिमा दाबी गर्दै आएका नेता निधिले पौडेलालाई सभापतिमा स्वीकार गर्न प्रकाशमान सिंह र शेखर कोइराला तयार भए आफू पनि सर्मथनका लागि तयार रहेकाे बताएका छन् । निधिले यसअघि आफू कुनैपनि हालतमा सभापतिको उम्मेदवारबाट पछि नहट्ने बताउँदै आएका थिए ।
शुक्रबार चितवन–काठमाडौं प्रजातान्त्रिक संगमले ललितपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै निधिले पौडेललाई नै सर्वसम्मत् सभापतिको रुपमा अघि सार्नुपर्ने भन्दै उनको नाम प्रस्ताव गरेका हुन् ।
रामचन्द्रका लागि मैदान खाली गर्ने बताएका उनले अरु उम्मेदवार कायम रहे आफ्नो पनि उम्मेदवारी कायम रहने बताए । उनले भने असन्तुष्टि छाडेर बैठक र कार्यक्रमहरूमा उपस्थित हुन पौडेललाई आग्रह गरे ।
रामचन्द्र पाैडेल जतिकाे सिनियर नेतालाई सहमतिमा लिएर पार्टीमा वृहत्तर एकताको सन्देश दिन देउवाले फराकिलो छाती बनाउनुपर्नेमा निधिले जोड दिए ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ देशभर कांग्रेस विशेषमहाधिवेशनको समर्थक बढ्दै , बागमतिमा चितवन अगाडि
- २ विद्यालय स्थापनादेखी ३६ वर्ष एउटै विद्यालयमा अध्यापन गराएका खत्री सेवा निवृत्त
- ३ क्यानडामा जनसम्पर्क समिति पुनर्गठन : अध्यक्षमा बसन्त कार्की
- ४ कुलमान घिसिङले मन्त्रीबाट दिए राजिनामा
- ५ रास्वपाका समानुपातिक सुचिबाट नाम फिर्ता लिनेकाे संख्या ६ पुग्याे
- ६ एआई हाम्रो सहयोगी मात्र हो, प्रतिस्पर्धी होइन : प्रेस रजिस्ट्रार सापकोटा
- ७ बुद्ध एयर जहाज दुर्घटनामा को–पाइलटसहित ७ यात्रु घाइते
- ८ शुक्रबार हुनसाथ काठमाडौं नजान कर्मचारीलाई प्रजिअ थापाकाे अनुराेध














प्रतिक्रिया दिनुहोस