पाैडेललाइ सर्वसम्मत सभापति बनाउन निधि तयार
काठमाडौ – नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले रामचन्द्र पाैडेललाइ सर्वसम्मतबाट सभापति बनाउन अाफु तयार रहेकाे बताएका छन् । अाफै सभापतिकाे दाबी गर्दै अाएका निधिले यस्ताे प्रताव अघि सारेका हुन् ।
सभापतिमा दाबी गर्दै आएका नेता निधिले पौडेलालाई सभापतिमा स्वीकार गर्न प्रकाशमान सिंह र शेखर कोइराला तयार भए आफू पनि सर्मथनका लागि तयार रहेकाे बताएका छन् । निधिले यसअघि आफू कुनैपनि हालतमा सभापतिको उम्मेदवारबाट पछि नहट्ने बताउँदै आएका थिए ।
शुक्रबार चितवन–काठमाडौं प्रजातान्त्रिक संगमले ललितपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै निधिले पौडेललाई नै सर्वसम्मत् सभापतिको रुपमा अघि सार्नुपर्ने भन्दै उनको नाम प्रस्ताव गरेका हुन् ।
रामचन्द्रका लागि मैदान खाली गर्ने बताएका उनले अरु उम्मेदवार कायम रहे आफ्नो पनि उम्मेदवारी कायम रहने बताए । उनले भने असन्तुष्टि छाडेर बैठक र कार्यक्रमहरूमा उपस्थित हुन पौडेललाई आग्रह गरे ।
रामचन्द्र पाैडेल जतिकाे सिनियर नेतालाई सहमतिमा लिएर पार्टीमा वृहत्तर एकताको सन्देश दिन देउवाले फराकिलो छाती बनाउनुपर्नेमा निधिले जोड दिए ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस