कांग्रेसकाे कान्छि केन्द्रीय सदस्य हुने दाउमा खड्का

रामेछाप – नेपाली कांग्रेस रामेछापकी नेता बिनिति खड्काले नेपाली काँग्रेको १४ औँ माधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेद्वारी दिने घोषणा गरेकी छिन् । खड्काले खस–आर्य महिला तर्फबाट केन्द्रीय सदस्यमा उम्मेद्वारी दिने घोषणा गरेकी हुन् ।
खड्काले उम्मेद्वारी घोषणा गर्दै भनिन् अब कांग्रेस हजुरबा उमेरकाले हाक्न सक्दैनन् कांग्रेस हाक्ने पालाे हाम्राे हाे ।कांग्रेस हाक्ने जिम्मा लिनकै लागि मैले केन्द्रीय सदस्यमा उमेदवारी दिन लागेको हु उनले भनिन् ।
कांग्रेसकाे १३ औँ महाधिवेशनमा सबै भन्दा कान्छी महाधिवेशन प्रतिनिधि बनेर चर्चामा अाएकी खड्का १४ औँ महाधिवेशनमा सबैभन्दा कान्छी केन्द्रीय सदस्य हुने दाउमा देखिन्छिन् । कांग्रेसमा युवाको हस्तक्षेपकारी भुमिका हुनुपर्ने भन्दै १४ औँ महाधिवेशनबाट याे अभियान सुरु गरिएकाे खड्काले बताइन् ।
उनी २०७४ सालको स्थानीय तहको निर्वाचनमा उनी रामेछापको सुनापति गाउँपालिकाकाे उपाध्यक्ष पदकाे उम्मेदवार बनेकी थिइन् ।
कांग्रेस रामेछापका नेता भुवन खड्का बुबा र काका बद्री खड्काको प्रेरणाबाट राजनीतिमा होमिएकी खड्काले १४ औँ जिल्ला अधिवेशनमा महिला तर्फ सबै भन्दा बढी मत ल्याएर महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएकी थिइन् । खड्काले विद्यालय तहबाटै नेविसंघकाे राजनीति गरेर राजनितीक यात्रा सुरु गरेकी थिइन ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ नेकपा एमाले बागमतीकाे अध्यक्षमा रामेछापका ढुङ्गेल विजयी
- २ बजार अनुगमन प्रभावकारी बनाउनुस् : कावा प्रधानमन्त्री खड्का
- ३ एमाले बागमती प्रदेश अध्यक्षमा ढुङ्गेल सहित पाँचजनाकाे उम्मेदवारी
- ४ शिक्षक आन्दोलन फिर्ता
- ५ संविधान दिवसमा विविध कार्यक्रम
- ६ प्रेस युनियन केन्द्रमा परामर्श समिति गठन
- ७ बेवारिसे शव फेला
- ८ असाेज ३ गते देखि सडक आन्दोलनमा शिक्षक
प्रतिक्रिया दिनुहोस