कांग्रेसकाे कान्छि केन्द्रीय सदस्य हुने दाउमा खड्का
रामेछाप – नेपाली कांग्रेस रामेछापकी नेता बिनिति खड्काले नेपाली काँग्रेको १४ औँ माधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेद्वारी दिने घोषणा गरेकी छिन् । खड्काले खस–आर्य महिला तर्फबाट केन्द्रीय सदस्यमा उम्मेद्वारी दिने घोषणा गरेकी हुन् ।
खड्काले उम्मेद्वारी घोषणा गर्दै भनिन् अब कांग्रेस हजुरबा उमेरकाले हाक्न सक्दैनन् कांग्रेस हाक्ने पालाे हाम्राे हाे ।कांग्रेस हाक्ने जिम्मा लिनकै लागि मैले केन्द्रीय सदस्यमा उमेदवारी दिन लागेको हु उनले भनिन् ।
कांग्रेसकाे १३ औँ महाधिवेशनमा सबै भन्दा कान्छी महाधिवेशन प्रतिनिधि बनेर चर्चामा अाएकी खड्का १४ औँ महाधिवेशनमा सबैभन्दा कान्छी केन्द्रीय सदस्य हुने दाउमा देखिन्छिन् । कांग्रेसमा युवाको हस्तक्षेपकारी भुमिका हुनुपर्ने भन्दै १४ औँ महाधिवेशनबाट याे अभियान सुरु गरिएकाे खड्काले बताइन् ।
उनी २०७४ सालको स्थानीय तहको निर्वाचनमा उनी रामेछापको सुनापति गाउँपालिकाकाे उपाध्यक्ष पदकाे उम्मेदवार बनेकी थिइन् ।
कांग्रेस रामेछापका नेता भुवन खड्का बुबा र काका बद्री खड्काको प्रेरणाबाट राजनीतिमा होमिएकी खड्काले १४ औँ जिल्ला अधिवेशनमा महिला तर्फ सबै भन्दा बढी मत ल्याएर महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएकी थिइन् । खड्काले विद्यालय तहबाटै नेविसंघकाे राजनीति गरेर राजनितीक यात्रा सुरु गरेकी थिइन ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ तामाङ समाज यूएईद्वारा विद्यालयलाई प्रोजेक्टर सहयोग
- २ बाढी प्रभावितलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर संचालन हुँदै
- ३ रामेछापमा वृद्ध दम्पतीलाई बन्धक बनाएर डकैती गर्ने गिरोह पक्राउ
- ४ प्रेस युनियन रामेछापको अध्यक्षमा श्रेष्ठ
- ५ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- ६ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ७ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ८ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ













प्रतिक्रिया दिनुहोस