एमालेकाे केन्द्रीय सदस्यमा उम्मेदवारी दिने माधव ढुङ्गेलकाे घाेषणा
रामेछाप – नेकपा (एमाले) रामेछापका युवा नेता माधव ढुङ्गेलले पार्टीकाे १०औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घाेषणा गरेका छन् । ढुङ्गेलले कमिटीको खुल्ला तर्फको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका हुन् ।
नवौं महाविधेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका ढुंगेलले मंगलबार पत्रकारहरुसँग एमालेकाे १०औं महाधिवेशनका लागि केन्द्रीय कमिटीको खुल्ला तर्फको सदस्यमा उम्मेदवारी घोषणा गरेका हुन । रामेछाप जिल्लामा जन्मिएका ढुंगेल राष्ट्रिय युवा परिषदमा दुई कार्यकाल उपाध्यक्ष पदमा रहेर जिम्मेवारी सम्हालेका उनि
अनेरास्वबियूका पूर्व अध्यक्ष हुन ।
एमालेको १०औं राष्ट्रीय महाधिबेशन मंसिर १० गतेबाट चितवनमा हुने भएकाे छ । खुल्ला केन्द्रीय सदस्यमा उम्मेद्वारी घोषणा गरेका ढुंगेलले एमालेको विधानुसार पदाधिकारी बाहेक सबै सदस्यको उम्मेद्वारी हुने भएकोले सहयोग गर्न प्रतिनिधिहरुलाई अपिल गरेका छन् ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ तामाङ समाज यूएईद्वारा विद्यालयलाई प्रोजेक्टर सहयोग
- २ बाढी प्रभावितलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर संचालन हुँदै
- ३ रामेछापमा वृद्ध दम्पतीलाई बन्धक बनाएर डकैती गर्ने गिरोह पक्राउ
- ४ प्रेस युनियन रामेछापको अध्यक्षमा श्रेष्ठ
- ५ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- ६ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ७ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ८ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ













प्रतिक्रिया दिनुहोस