कांग्रेस केन्द्रीय सदस्यमा उमेदवारी दिने, सिवाकोटीकाे घाेषणा
काठमाडौ -नेपाल प्रेस युनियनका महासचिव अजयबाबु सिवाकोटीले नेपाली कांग्रेसकाे १४ अाै महाधिवेशनमा केन्द्रीय सदस्यमा उमेदवारी दिने घाेषणा गरेका छन् । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै शिवाकोटीले सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।
नेपाली कांग्रेस दाेलखाका महाधिवेशन प्रतिनिधि सिवाकोटीले पार्टीको १४ औं महाधिवेशनमा खुल्ला तर्फकाे केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। कांग्रेसमा खुलातर्फ ३५ जना केन्द्रीय सदस्य पदका लागि निर्वाचत हुने विधानमा व्यवस्था छ।
नेपाल प्रेस युनियनका महासचिव सिवाकोटीले पत्रकार सम्मेलनमा अब पत्रकारिता भन्दा पनि राजनीतिमा सक्रिय हुने बताए । सिवाकोटीले भने अब म पार्टीमा लागिसकेकोले फेरि सक्रिय रूपमा प्रेस युनियन वा पत्रकारितामा फर्किन्न, पार्टी राजनीतिमै सक्रिय हुने बताएका छन् ।उनले महाधिवेशन प्रतिनिधिले विवेक प्रयोग गर्ने र आफूले केन्द्रीय सदस्य जित्ने समेत दाबी गरेका छन्।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ देशभर कांग्रेस विशेषमहाधिवेशनको समर्थक बढ्दै , बागमतिमा चितवन अगाडि
- २ विद्यालय स्थापनादेखी ३६ वर्ष एउटै विद्यालयमा अध्यापन गराएका खत्री सेवा निवृत्त
- ३ क्यानडामा जनसम्पर्क समिति पुनर्गठन : अध्यक्षमा बसन्त कार्की
- ४ कुलमान घिसिङले मन्त्रीबाट दिए राजिनामा
- ५ रास्वपाका समानुपातिक सुचिबाट नाम फिर्ता लिनेकाे संख्या ६ पुग्याे
- ६ एआई हाम्रो सहयोगी मात्र हो, प्रतिस्पर्धी होइन : प्रेस रजिस्ट्रार सापकोटा
- ७ बुद्ध एयर जहाज दुर्घटनामा को–पाइलटसहित ७ यात्रु घाइते
- ८ शुक्रबार हुनसाथ काठमाडौं नजान कर्मचारीलाई प्रजिअ थापाकाे अनुराेध














प्रतिक्रिया दिनुहोस