कांग्रेसकाे प्रदेश अधिवेशन गराउन नेतालाई जिम्मेवारी ताेकीयाे, बागमती प्रदेशमा प्रकाशमान सिंह
काठमाडौ -नेपाली कांग्रेसकाे १४ औं महाधिवेशन अन्तर्गत प्रदेश अधिवेशन सम्पन्न गर्नका लागि सातै प्रदेशमा नेताहरूलाई जिम्मेवारी तोकेको छ । आइतबार काँग्रेस सभापति शेरबहादुर देउवाको निजी निवास बुढानिलकण्ठमा बसेको काँग्रेस केन्द्रीय समितिको बैठकले उक्त जिम्मेवारी तोकेको हो ।
निर्णय अनुसार प्रदेश १ मा कृष्ण सिटौला, २ मा रमेश रिजाल, बागमतीमा प्रकाशमान सिंह, गण्डकीमा गोपालमान श्रेष्ठ, लुम्बिनीमा बालकृष्ण खाँण, कर्णालीमा मुख्यमन्त्री जीवन बहादुर शाही र सुदूरपश्चिममा दिलेन्द्र बडूलाई जिम्मेवारी तोकिएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन् । कांग्रेसको प्रदेश अधिवेशन मंसिर १६ र १७ गते हुँदैछ । यस्तै बैठकले प्रदेश अधिवेशन गर्ने स्थान पनि तोकेको छ । जसअनुसार प्रदेश १ को अधिवेशन विराटनगरमा हुनेछ भने २ को जनकपुर, बागमतीको हेटौडा, गण्डकीको पोखरा, लुम्बिनीको बुटवल, कर्णालीको सुर्खेत र सुदूरपश्चिमको धनगढीमा अधिवेशन हुनेछ ।
अधिवेशन गर्नका लागि बनाइएको समितिमा प्रदेशका सम्बन्धित केन्द्रीय, सांसद, प्रदेश संसदीय दलका नेता, स्थानीय तहका प्रमुख र उपप्रमुखहरू पदेन सदस्य रहनेछ ।
साथै महाधिवेशनका लागि विभिन्न उपसमितिहरू गठन गर्ने प्रस्ताव केन्द्रीय कार्यसमिति बैठकमा पठाइएको छ ।
महाधिवेशनलाइ अर्थ संकलनका लागि सञ्चार मन्त्री समेत रहेका ज्ञानेन्द्रबहादुर कार्कीलाई जिम्मेवारी दिइएको छ ।
भोजन तथा आवासका लागि सुरेन्द्रराज पाण्डेले जिम्मेवारी पाएका छन्। विदेशी पाहुना स्वागतका लागि प्रकाशशरण महतलाई जिम्मेवारी दिइएको छ ।
प्रचार संयोजकमा प्रवक्ता विश्वप्रकाश शर्मा छन् । मञ्च व्यवस्थापन काठमाडौं सभापतिको नेतृत्वमा भक्तपुर र ललितपुरका सभापति सदस्य छन् ।
स्वास्थ्य क्षेत्रको जिम्मेवारी मोहनबहादुर बस्नेतलाई दिइएको छ । सांस्कृतिक समितिमा सीता गुरूङ संयोजक छिन् । यी समग्र प्रस्ताव केन्द्रीय समितिबाट अनुमोदन गर्नुपर्ने हुन्छ ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ गए राति १२ बजेदेखि मौन अवधि सुरु
- २ रामेछापमा गाडी दुर्घटना : दुईकाे मृत्यु ७ घाइते
- ३ कम्युनिष्ट पार्टीलाईलाई सघाउने हल्ला निराधार : उज्यालो नेपाल पार्टी
- ४ उमाकुण्डका प्रभावशाली नेता हिक्मत ,रामचन्द्रले टिकेट पाएसँगै फर्किए कांग्रेस
- ५ कांग्रेसकाे चुनावी अभियान प्रभावकारी बनाउन वडा स्तरमा समिति बिस्तार
- ६ लामिछानेका विश्वास पात्र प्रणय शमशेर राणाले छाडे रास्वपा
- ७ सवारी दुर्घटनाका पिडितसँग प्रशासनकाे ११ बुदे सहमति क्षतिपूर्ति तत्काल उपलब्ध गराउन निर्देशन,
- ८ रामेछापमा भएकाे बस दुर्घटना प्रति कांग्रेस उमेदवार खड्काद्वारा शाेक व्यक्त















प्रतिक्रिया दिनुहोस