एमालेका महाधिवेशन प्रतिनिधि सर्बसम्मत
रामेछाप । नेकपा एमालेको दशौं महाधिवेशनका लागि रामेछापबाट १९ जना प्रतिनिधि निर्बिरोध चुनिएका छन् । प्रतिनिधि संख्या भन्दा आकांक्षि ५ गुणा भएपनि नेतृत्वले सवैलाई मिलाएर प्रतिनिधिहरु निर्बिरोध गराएको छ ।
निर्बिरोध निर्वाचित हुने प्रतिनिधिमा खुला तर्फबाट शान्तिप्रसाद पौडेल, रत्नप्रसाद गौतम, तुलप्रसादन क“डेल, आनन्दकुमार श्रेष्ठ, ध्रुबकुमार कार्की, चित्रवहादुर कार्की, होतराज ढकाल, शम्भुकुमार श्रेष्ठ, प्रेमवहादुर तामाङ, प्रेमवहादुर खड्का, ज्ञानकुमार योञ्जन र पुरुषोत्तम कडेरीया रहेका छन् ।
यसैगरी महिला तर्फ गंगा कार्की, गीता कार्की, दिपशिखा दाहाल, माया कार्की र हेमकुमारी तामाङ रहेका छन् । मुक्तीसमाज तर्फ गणेशवहादुर विक र मानवहादुर विक समेत निर्बिरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
एमालेको दशौं महाधिवेशनका लागि खुला तर्फ निर्वाचित हुने १२ पदमा ६४ जना, महिला तर्फ निर्वाचित हुने ५ प्रतिनिधिका लागि १२ जनाको उम्मेदवारी परेको थियो । उम्मेदवारहरुलाई वार्ता गरी सर्बसम्मत गराउनका लागि जिल्ला अध्यक्ष शान्तिप्रसाद पौडेलको संयोजकत्वमा ९ सदस्यीय कार्यदल वनाइएको थियो । उक्त कार्यदलले दिएको प्रतिवेदनको आधारमा निर्वाचन समितिले सबै प्रतिनिधिहरु निर्बिरोध निर्वाचित भएको जनाएको हो ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ देशभर कांग्रेस विशेषमहाधिवेशनको समर्थक बढ्दै , बागमतिमा चितवन अगाडि
- २ विद्यालय स्थापनादेखी ३६ वर्ष एउटै विद्यालयमा अध्यापन गराएका खत्री सेवा निवृत्त
- ३ क्यानडामा जनसम्पर्क समिति पुनर्गठन : अध्यक्षमा बसन्त कार्की
- ४ कुलमान घिसिङले मन्त्रीबाट दिए राजिनामा
- ५ रास्वपाका समानुपातिक सुचिबाट नाम फिर्ता लिनेकाे संख्या ६ पुग्याे
- ६ एआई हाम्रो सहयोगी मात्र हो, प्रतिस्पर्धी होइन : प्रेस रजिस्ट्रार सापकोटा
- ७ बुद्ध एयर जहाज दुर्घटनामा को–पाइलटसहित ७ यात्रु घाइते
- ८ शुक्रबार हुनसाथ काठमाडौं नजान कर्मचारीलाई प्रजिअ थापाकाे अनुराेध














प्रतिक्रिया दिनुहोस