एमालेका महाधिवेशन प्रतिनिधि सर्बसम्मत
रामेछाप । नेकपा एमालेको दशौं महाधिवेशनका लागि रामेछापबाट १९ जना प्रतिनिधि निर्बिरोध चुनिएका छन् । प्रतिनिधि संख्या भन्दा आकांक्षि ५ गुणा भएपनि नेतृत्वले सवैलाई मिलाएर प्रतिनिधिहरु निर्बिरोध गराएको छ ।
निर्बिरोध निर्वाचित हुने प्रतिनिधिमा खुला तर्फबाट शान्तिप्रसाद पौडेल, रत्नप्रसाद गौतम, तुलप्रसादन क“डेल, आनन्दकुमार श्रेष्ठ, ध्रुबकुमार कार्की, चित्रवहादुर कार्की, होतराज ढकाल, शम्भुकुमार श्रेष्ठ, प्रेमवहादुर तामाङ, प्रेमवहादुर खड्का, ज्ञानकुमार योञ्जन र पुरुषोत्तम कडेरीया रहेका छन् ।
यसैगरी महिला तर्फ गंगा कार्की, गीता कार्की, दिपशिखा दाहाल, माया कार्की र हेमकुमारी तामाङ रहेका छन् । मुक्तीसमाज तर्फ गणेशवहादुर विक र मानवहादुर विक समेत निर्बिरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
एमालेको दशौं महाधिवेशनका लागि खुला तर्फ निर्वाचित हुने १२ पदमा ६४ जना, महिला तर्फ निर्वाचित हुने ५ प्रतिनिधिका लागि १२ जनाको उम्मेदवारी परेको थियो । उम्मेदवारहरुलाई वार्ता गरी सर्बसम्मत गराउनका लागि जिल्ला अध्यक्ष शान्तिप्रसाद पौडेलको संयोजकत्वमा ९ सदस्यीय कार्यदल वनाइएको थियो । उक्त कार्यदलले दिएको प्रतिवेदनको आधारमा निर्वाचन समितिले सबै प्रतिनिधिहरु निर्बिरोध निर्वाचित भएको जनाएको हो ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ तामाङ समाज यूएईद्वारा विद्यालयलाई प्रोजेक्टर सहयोग
- २ बाढी प्रभावितलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर संचालन हुँदै
- ३ रामेछापमा वृद्ध दम्पतीलाई बन्धक बनाएर डकैती गर्ने गिरोह पक्राउ
- ४ प्रेस युनियन रामेछापको अध्यक्षमा श्रेष्ठ
- ५ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- ६ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ७ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ८ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ













प्रतिक्रिया दिनुहोस