मुख्यमन्त्री पाण्डे लाइ बहुमत
हेटौंडा । वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रकुमार पाण्डेले सोमबार प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन् । पाण्डेले प्रदेशसभामा बाट ५९ मत प्राप्त गरेका छन् । बाग्मती प्रदेशमा सभामुख सहित १ सय ९ मत रहेको छ ।
संविधान बमोमिज सत्तामा रहनका लागि पाण्डेलाई ५५ मत आवश्यक पर्दथ्यो। पाण्डेको विपक्षमा ४३ मत परेको छ । बाग्मती प्रदेशसभामा १३ सांसद रहेको नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता पाण्डेलाई माओवादी केन्द्र २३, कांग्रेस २२ र जसपाका १ सांसदले मत हालेका छन् ।
मुख्यमन्त्री पाण्डेको विपक्षमा एमालेका ४० र विवेकशील साझा पार्टीका ३ सांसदले मतदान गरेका थिए । मतविभाजन प्रक्रियामा दुई सांसद रहेको राप्रपा उपस्थित भएनन् भने नेपाल मजदुर किसान पार्टी ( नेमकिपा) तटस्थ बसेको थियो । नेमकिपासँग दुई सांसद छन् ।
प्रदेशसभामा एमालेको सभामुखसहित ४३ मत रहेपनि दुई सांसद अनुपस्थित भए । सभामुख सानुकुमार श्रेष्ठ मतविभाजन प्रक्रियामा सहभागि भएनन् । सोमबारको बैठकमा १ सय ४ जना प्रदेश सांसदको उपस्थिति थियो ।
संविधानको धारा १६८ को उपधारा २ बमोजिम कुनै पनि दलको बहुमत नरहेको अवस्थामा दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका मितिले एक महिनामा सदनबाट विश्वासको मत लिनुपर्ने प्रावधान अनुसार पाण्डेले सोमबार विश्वासको मत लिएका हुन् ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ तामाङ समाज यूएईद्वारा विद्यालयलाई प्रोजेक्टर सहयोग
- २ बाढी प्रभावितलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर संचालन हुँदै
- ३ रामेछापमा वृद्ध दम्पतीलाई बन्धक बनाएर डकैती गर्ने गिरोह पक्राउ
- ४ प्रेस युनियन रामेछापको अध्यक्षमा श्रेष्ठ
- ५ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- ६ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ७ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ८ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ













प्रतिक्रिया दिनुहोस