मुख्यमन्त्री पाण्डे लाइ बहुमत
हेटौंडा । वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रकुमार पाण्डेले सोमबार प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन् । पाण्डेले प्रदेशसभामा बाट ५९ मत प्राप्त गरेका छन् । बाग्मती प्रदेशमा सभामुख सहित १ सय ९ मत रहेको छ ।
संविधान बमोमिज सत्तामा रहनका लागि पाण्डेलाई ५५ मत आवश्यक पर्दथ्यो। पाण्डेको विपक्षमा ४३ मत परेको छ । बाग्मती प्रदेशसभामा १३ सांसद रहेको नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता पाण्डेलाई माओवादी केन्द्र २३, कांग्रेस २२ र जसपाका १ सांसदले मत हालेका छन् ।
मुख्यमन्त्री पाण्डेको विपक्षमा एमालेका ४० र विवेकशील साझा पार्टीका ३ सांसदले मतदान गरेका थिए । मतविभाजन प्रक्रियामा दुई सांसद रहेको राप्रपा उपस्थित भएनन् भने नेपाल मजदुर किसान पार्टी ( नेमकिपा) तटस्थ बसेको थियो । नेमकिपासँग दुई सांसद छन् ।
प्रदेशसभामा एमालेको सभामुखसहित ४३ मत रहेपनि दुई सांसद अनुपस्थित भए । सभामुख सानुकुमार श्रेष्ठ मतविभाजन प्रक्रियामा सहभागि भएनन् । सोमबारको बैठकमा १ सय ४ जना प्रदेश सांसदको उपस्थिति थियो ।
संविधानको धारा १६८ को उपधारा २ बमोजिम कुनै पनि दलको बहुमत नरहेको अवस्थामा दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका मितिले एक महिनामा सदनबाट विश्वासको मत लिनुपर्ने प्रावधान अनुसार पाण्डेले सोमबार विश्वासको मत लिएका हुन् ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ देशभर कांग्रेस विशेषमहाधिवेशनको समर्थक बढ्दै , बागमतिमा चितवन अगाडि
- २ विद्यालय स्थापनादेखी ३६ वर्ष एउटै विद्यालयमा अध्यापन गराएका खत्री सेवा निवृत्त
- ३ क्यानडामा जनसम्पर्क समिति पुनर्गठन : अध्यक्षमा बसन्त कार्की
- ४ कुलमान घिसिङले मन्त्रीबाट दिए राजिनामा
- ५ रास्वपाका समानुपातिक सुचिबाट नाम फिर्ता लिनेकाे संख्या ६ पुग्याे
- ६ एआई हाम्रो सहयोगी मात्र हो, प्रतिस्पर्धी होइन : प्रेस रजिस्ट्रार सापकोटा
- ७ बुद्ध एयर जहाज दुर्घटनामा को–पाइलटसहित ७ यात्रु घाइते
- ८ शुक्रबार हुनसाथ काठमाडौं नजान कर्मचारीलाई प्रजिअ थापाकाे अनुराेध














प्रतिक्रिया दिनुहोस