काँग्रेसमा पुनः मतगणनाको माग

रामेछाप – नेपाली काँग्रेस रामेछापका केहि नेताले गएको जिल्ला अधिवेशनको मतगणनालाई प्रश्न उठाउदै पुन मतगणनाको माग गरी केन्द्रीय निर्वाचन समिति समक्ष माग गरेका छन् ।
घोषित परीणाममा पराजित तर विजय निकट मत प्राप्त गरेका जिल्ला उप सभापतिका उम्मेदवार बेदराज लामा , महाधिवेशन प्रतिनिधि झनकवहादुर श्रेष्ठ, डा. सुमन कर्माचार्य, गजेन्द्र खड्का, सुमित्रा मोक्तान र श्रृजना खड्काले पुनः मतगणनाको माग गरेका हुन ।
महाधिवेशन प्रतिनिधिको लागि व्यवस्था गरेको मतपेटिकामा जिल्ला समितिका पदाधिकारीको मत भेटिएको, जिल्ला कार्यसमितिका पदाधिकारीहरु र सदस्यको मतपेटिकामा महाधिवेशन प्रतिनिधिका ४९ मत भेटिएको र उक्त मत गणना नभएको हुदा पुनः मतदानको माग सहित उनिहरुले मंगलबार केन्द्रीय समितिमा निवेदन दिएका हुन ।
निवेदनमा उम्मेदवारहरुलाई मतगणनाको आचार संहिता बारे जानकारी नदिएको, मतगणना स्थलमा पस्न नदिएको, सिमित उम्मेदवारको दवावमा मत गनिएकोले जित्ने उम्मेदवार हार्ने र हार्ने ले जित्ने संभावना भएको हुदा“ उक्त मतपत्र केन्द्रीय समितिमा झिकाएर पुनः मतगणना गर्न माग गरेको निवेदक मध्येका झनकवहादुर श्रेष्ठले वताए ।
हिमाली जिल्ला रामेछापमा गएको असोज २६ गते जिल्ला कार्यसमिति र महाधिवेशन प्रतिनिधिका लागि मतदान भएको थियो । जिल्लामा निर्वाचन गराउनका लागि खटी आएका जिल्ला निर्वाचन अधिकृत विष्णु लुईटेलले मतपरिणाम घोषणा सहितको प्रतिवेदन र निजहरुको निवेदन समेत राखेर केन्द्रीय निर्वाचन समितिलाई वुझाईसकेको जानकारी समेत श्रेष्ठले दिएका छन् ।
निवेदकहरु विजय भएका उम्मेदवार बाट झिनो मतको अन्तरमा पराजित भएका थिए । गणना नगरीएका ४९ मत गन्दा र आचारसंहिता लाई पूर्ण रुपमा पालना गराउदा महाधिवेशन प्रतिनिधिका केहि विजयी उम्मेदवारले हार्ने कुराको चर्चा काँग्रेस कार्यकर्ताहरु गर्दै आएका छन् ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ लुटपाट गर्ने एक पुरुष पक्राउ
- २ देउसी खेलेकाे पैसाले खाजा खाएर आफ्नाे गाउँ आफै जाेगाऊ अभियानमा गाइखुराका माझी
- ३ सगरमाथा आरोहणबारे अनुगमन गर्न आधार शिविरमा पर्यटनमन्त्रीको नेतृत्वमा प्रतिनिधिमण्डल
- ४ युनियनले २० बुदे घाेषणापत्र जारी गर्दै पूरा गर्याे अन्तर्राष्ट्रिय लाेमन्थाङ मिडिया समिट
- ५ प्रेस युनियनकाे आयाेजनामा बैशाख २७ देखि ३० सम्म अन्तर्राष्ट्रिय मिडिया समिट हुदै
- ६ भारत पाकिस्तान तनावबारे नेपालकाे धारणा सार्वजनिक
- ७ बागमती प्रदेशभर आज सार्वजनिक बिदा
- ८ उत्कृष्ट सुचना अधिकारी २०८२ बाट मन्थलीका सुचना अधिकारी बुढाथोकी सम्मानित
प्रतिक्रिया दिनुहोस