तीन जना किसानले पाए राष्ट्रपति उत्कृष्ठ कृषक पुरस्कार

रामेछाप । रामेछाप जिल्लामा उत्कृष्ठ कृषि कर्म गर्ने ३ जना किसान राष्ट्रपति उत्कृष्ठ कृषक पुरस्कारबाट पुरस्कृत भएका छन् ।
विश्व खाद्य दिवसका अवसरमा मंगरबार कृषि ज्ञान केन्द्र रामेछापमा आयोजित कार्यक्रममा उनिहरुलाई पुरस्कृत गरीएको हो । पुस्कृत किशानलाई १० हजार नगद सहित प्रशंसा पत्र प्रदान गरीएको छ । पुरस्कृत हुनेमा दोरम्बा गाउंपालिका २ का श्यामवहादुर थापामगर, रामेछाप नगरपालिका ६ का शेरवहादुर तामाङ र मन्थली नगरपालिका १४ का दलवहादुर पाल्पालिका खड्का रहेका छन् ।
दोरम्बाका किशान श्यामवहादुर थापामगर १५ बर्ष अघि सेनाको जागिरबाट निबृत भएर कृषि कर्ममा जुटेका हुन । उनले हरेक बर्ष आफ्नो बगैंचामा नयाँ नयाँ प्रजातिका फलफुल खेति हुर्काएका छन् । किवि र कटुस उनको वगैंचाका आकर्षक फलफुल हुन । झण्डै १ सय रोपनी क्षेत्रमा फलफुल खेति गरेका थापामगरलाई यस अघी सेनाले उत्कष्ठ कृषकको पुरस्कार दिईसकेको छ । जापानीज हलुवावेद, एबोकाडों जस्ता नयाँ फलफुल र नर्सरीमा उनको मेहेनत परेको छ ।
पुस्कार गृहण गरेपछि थापामगरले अहिले सम्म सरकारले दृष्टि नदिएपनि कृषि कर्म गरीरहेको बेला पुरस्कारले थप उर्जा मिलेको वताए । उनले स्थानीय सरकार पनि कृषि अभियानमा जोडिएकोमा खुसी व्यक्त गरे ।
रामेछापको ओख्रेनीका किशार शेरवहादुर तामाङ जुनार सुन्तलामा पसिना पोख्दै आएका किसान हुन । जुनारको जरा र हाँगा फेर्ने तालिम प्राप्त उनी अगौटे र पछ्यौटे जुनार सुन्तलाका जात निकाल्न खप्पिस छन । जुनारबाट सुन्तला र सुन्तलाबाट जुनार वनाउने कला जानेका शेरवहादुर नर्सरी र अन्य वगैंका लागि कहलिएका किशान हुन । उनले आफ्नो सगैं आसपासका किसानको वगैंचामा उल्लेख्य श्रम पोखेका छन् ।

अरु पढेर डिग्री लिन्छन् पुरस्कार ग्रहण पछि तामाङले भने कृषि कर्म राम्रै गरेछु यो प्रमाण पत्र मेरा लागि डिग्री सोचेको छु । उनले व्यवसायिक कृषि कार्यबाट फाईदा हुन थालेपछि परिवारको हौसला भएको अनुभव सुनाए ।
केहि बर्ष विदेशमा वस्दा गाउँमा फर्केर केहि गर्ने सोचमा रहेका मन्थली नगरपालिका १४ का किसान दलवहादुर पाल्पाली खड्काले चियाको इलम समाते । भोटनाघीमा चिया सहकारी मार्फत खेति थालेका उनले अहिले हातैले माडेर अर्थोडक्स ( ग्रिन टि ) वनाउदै आएका छन् । चिया हुर्कदै छन् उनले इलम पनि तिखारीदै छ । कृषि ज्ञान केन्द्रले चियाको पात सुकाउने मेसिन र चिया प्रशोधित मेसिन दिएपछि उनि अझ उक्त खेतिलाई विस्तार गर्ने कार्यमा हौसिएको वताउछन् । उनले तयार पारेको ग्रिन टिलाई वजारीकरण पनि सुरु गरीसकेका छन् ।
कार्यक्रममा उत्कृष्ठ किसानलाई जिल्ला समन्वय समितिका प्रमुख प्रेमवहादुर खड्का, मन्थली नगरपालिकाका प्रमुख रमेशकुमार वस्नेत र प्रमुख जिल्ला अधिकारी दिपककुमार पहाडीले पुरस्कार प्रमाण पत्र वितरण गरेका थिए । उक्त कार्यक्रममा कृषिको सुधारका लागि उत्कृष्ठ किसान छनौट र यसको प्रकृयाका बारेमा कृषि ज्ञान केन्द्रकी प्रमुख निर्मला गुरुङ लगाएतका अधिकारीले प्रकाश पारेका थिए ।
राष्ट्रपति उत्कृष्ठ कृषक पुरस्कारका लागि केन्द्रले किसानहरुबाट दावि प्रश्तुत गर्नका लागि आव्हान गरेको थियो । उक्त सूचनाका आधारमा जिल्लाका विभिन्न विधाका ६ जना कृषकले पुस्कारको लागि दावि प्रश्तुत गरेका थिए ।
क्याटेगोरी : अर्थ, समाचार
ताजा अपडेट
- १ मन्थली क्याम्पसकाे स्ववियु सभापतिमा थापा विजयी
- २ नेपाली कांग्रेस रामेछापले बिभिन्न तहमा सम्मेलन गर्दै
- ३ मन्त्री पद गए जाओस,काम गर्नेलाई साथ दिन्छु : उर्जा राज्यमन्त्री तामाङ
- ४ मन्थली क्याम्पसमा स्ववियु निर्वाचनका लागि नेविसंघबाट उमेदवारी दर्ता
- ५ मन्थली माविका छात्रालाई मुक्तिनाथ बैंककाे उत्कृष्ट छात्रवृत्ति
- ६ मन्थली क्याम्पसकाे स्ववियु निर्वाचनकाे अन्तिम मतदाता नामावली प्रकाशन
- ७ रामेछापमा डेरी एसाेसिएसन गठन , अध्यक्षमा भानु
- ८ महिला दिवसमा मन्थलीमा विविध कार्यक्रम
प्रतिक्रिया दिनुहोस