गोबिन्द खड्कालाई सफाई
रामेछाप – जवरजस्ती करणी र शरिर बन्धक मुद्धामा रामेछापको लिखु तामाकोशी गाउंपालिकाका अध्यक्ष गोबिन्दवहादुर खड्का लाई रामेछाप जिल्ला अदालतबाट सफाई हुने फैसला भएको छ ।
रामेछाप जिल्ला अदालतका जिल्ला न्यायाधीश बद्रीप्रसाद ओलीकोे मंगलबार बसेको ईजलासले खड्कालाई सफाई दिएको हो । ईजलासले खड्का माथि लगाइएको दुवै मुद्धामा सरकारी दावि प्रमाण नपुग्ने भन्दै सफाई भएको अधिवक्ता यादवप्रसाद दाहालले वताएका छन् । खड्का माथि करिव डेढबर्ष अघि मुद्धा चलाइएको थियो ।
लिखु तामाकोशी गाउंपालिकाका एक उपभोक्ता समितिका पदाधिकारी दर्पण घिसिङलाई पालिकाको कोठामा थुनेर योजनाको भुक्तानीका बारेमा दवाव दिएको भन्दै शरिर बन्धक मुद्धा र पालिकामै काम गर्ने एक स्वास्थ्यकर्मी माथि जवरजस्ती करणी मुद्धा दायर भएको थियो ।
उक्त दुईटा मद्धा मध्ये रामेछाप जिल्ला अदालतले खड्कालाई जवरजस्ती मुद्धामा पुर्पक्षका लागि रामेछाप कारागार पठाएकोमा उच्च अदालतको आदेशले करिव ४ महिना पछि खड्का तारेखमा रिहा भएका थिए ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ देशभर कांग्रेस विशेषमहाधिवेशनको समर्थक बढ्दै , बागमतिमा चितवन अगाडि
- २ विद्यालय स्थापनादेखी ३६ वर्ष एउटै विद्यालयमा अध्यापन गराएका खत्री सेवा निवृत्त
- ३ क्यानडामा जनसम्पर्क समिति पुनर्गठन : अध्यक्षमा बसन्त कार्की
- ४ कुलमान घिसिङले मन्त्रीबाट दिए राजिनामा
- ५ रास्वपाका समानुपातिक सुचिबाट नाम फिर्ता लिनेकाे संख्या ६ पुग्याे
- ६ एआई हाम्रो सहयोगी मात्र हो, प्रतिस्पर्धी होइन : प्रेस रजिस्ट्रार सापकोटा
- ७ बुद्ध एयर जहाज दुर्घटनामा को–पाइलटसहित ७ यात्रु घाइते
- ८ शुक्रबार हुनसाथ काठमाडौं नजान कर्मचारीलाई प्रजिअ थापाकाे अनुराेध














प्रतिक्रिया दिनुहोस