गोबिन्द खड्कालाई सफाई
रामेछाप – जवरजस्ती करणी र शरिर बन्धक मुद्धामा रामेछापको लिखु तामाकोशी गाउंपालिकाका अध्यक्ष गोबिन्दवहादुर खड्का लाई रामेछाप जिल्ला अदालतबाट सफाई हुने फैसला भएको छ ।
रामेछाप जिल्ला अदालतका जिल्ला न्यायाधीश बद्रीप्रसाद ओलीकोे मंगलबार बसेको ईजलासले खड्कालाई सफाई दिएको हो । ईजलासले खड्का माथि लगाइएको दुवै मुद्धामा सरकारी दावि प्रमाण नपुग्ने भन्दै सफाई भएको अधिवक्ता यादवप्रसाद दाहालले वताएका छन् । खड्का माथि करिव डेढबर्ष अघि मुद्धा चलाइएको थियो ।
लिखु तामाकोशी गाउंपालिकाका एक उपभोक्ता समितिका पदाधिकारी दर्पण घिसिङलाई पालिकाको कोठामा थुनेर योजनाको भुक्तानीका बारेमा दवाव दिएको भन्दै शरिर बन्धक मुद्धा र पालिकामै काम गर्ने एक स्वास्थ्यकर्मी माथि जवरजस्ती करणी मुद्धा दायर भएको थियो ।
उक्त दुईटा मद्धा मध्ये रामेछाप जिल्ला अदालतले खड्कालाई जवरजस्ती मुद्धामा पुर्पक्षका लागि रामेछाप कारागार पठाएकोमा उच्च अदालतको आदेशले करिव ४ महिना पछि खड्का तारेखमा रिहा भएका थिए ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ सगरमाथा आराेही श्रेष्ठलाई मन्थली नगरद्वारा सम्मान
- २ रास्वपा रामेछापकाे सभापतिमा पुन : रायमाझी
- ३ बुहारीलाई खुकुरी प्रहार गर्ने ससुरा पक्राउ
- ४ हवाहुरी र चक्रिय भुमरीबाट उमाकुण्ड–२ मा क्षति
- ५ सहकारी अभियानलाई कमजोर बनाउने प्रयास भइरहेको छ : डा. परितोष पौडेल
- ६ विधि र पद्धतिमा विचलन आए समाज भयभीत हुन्छ : राष्ट्रपति पौडेल
- ७ कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु
- ८ बाम्तीभण्डारमा बजार अनुगमन, दर्ता–नविकरण नगरेकालाई एक साताको अल्टिमेटम















प्रतिक्रिया दिनुहोस