• काेसिस न्यूज
  • दुर्वेसनिमा लागेकालाई संरक्षण नगर्न रामेछाप प्रहरी प्रमुख भट्टकाे आग्रह


    रामेछाप – जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरीक्षक भाेला कुमार भट्टले कुनैपनि दुर्वेसनिमा लागेकाहरूलाई संरक्षण गर्न नहुने बताए । लागू ओैषध सेवन तथा ओसारपसारकाे कार्यलाई नियन्त्रण गर्न हाेटल व्यवसायीलाई आग्रह गर्दै उनले यस्ताे बताएका हुन ।

    रामेछापमा भइरहेको लागू ओैषध सेवन तथा ओसारपसारका कामलाई निस्तेज पार्नका लागि जिल्लाकाे प्रहरी प्रशासन चनाखाे भएकाे र निगरानी बढाउनुका साथै अनुसन्धान भइरहेको प्रहरी प्रमुख भट्ट जानकारी दिए ।

    त्यसैगरी रामेछापका सहायक प्रमुख जिल्ला अधिकारी गंगा बहमदुर क्षेत्रिले लागू ओैषध दुर्वेसनि तथा ओसारपसारकाे गतिविधिकाे निगरानी गरेर प्रहरीलाई खबर गर्न र सभ्य समाज निर्माणमा सहयोग पुर्याउन अनुराेध गरे ।

    जिल्ला प्रशासन कार्यालयमा आइतबार हाेटल व्यवसायीहरुसँग भएकाे लागू ओैषद दुर्वेसनि तथा ओसारपसार नियन्त्रण सम्बन्धि छलफलमा हाेटल व्यवसायीहरुले मन्थली बजारकाे विभिन्न स्थानहरुमा त्यस्ता गतिविधि हुने गरेकाे बताए । उनिहरुले यस्ता गतिविधि राेक्नलाई सकेजति सहयोग गर्ने बताए ।


    क्याटेगोरी : विविध, समाचार, समाज

    प्रतिक्रिया दिनुहोस