एसपिपी अस्विकार गर्ने मन्त्रिपरिषदकाे निर्णय
काठमाडौँ — सरकारले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम(एसपीपी)अस्वीकार गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अमेरिकालाई एसपीपी सम्झौता अस्वीकार गर्ने जानकारी सहितको पत्रचार गर्ने निर्णय गरेको छ ।
मन्त्री परिषदले यस उप्रान्त विदेशी कूटनीतिक नियोगलाई लेखिने पत्र परराष्ट्र मन्त्रालयबाट मात्र पठाउने समेत निर्णय गरेको छ । कूटनीतिक ‘रुट बाइपास’ गरेर एसपीपीबारे सेनाले अमेरिकी दूतावासलाई पत्र पठाएपछि विवाद उत्पन्न भएको थियो । यद्यपी नेपाली सेनाले अमिरीकालाई लेखेको उक्त पत्र भूकम्पको बेला सहयोगको अपेक्षाको भावले लेखेको र त्यसलाई अन्य अर्थको रुपमा नबुझ्नका लागि स्पष्ट पारिसकेको छ ।
प्रमुख प्रतिपक्ष दल नेकपा एमाले र सत्ता गठबन्धनमा रहेका प्रमुख तीन दलले एसपीपी अस्वीकार गरेको उल्लेख गर्दै पत्र लेख्न प्रधानमन्त्री शेरबहादुर देउवामाथि दबाब दिएका थिए । तत्कालीन सेनापति राजेन्द्र क्षत्रीले एसपीपीमा सहभागिताका लागि ०७२ कात्तिक १० मा अमेरिकी दूतावासलाई पठाएको पत्र सार्वजनिक भएको थियो ।
केहि समय अघी मात्र संसदबाट एमसीसी पारित गरेको सरकारले एसपिपीबारे पत्र लेखेपछि देशभर त्यसबारेमा सर्वसाधारणले समेत चासो राखेका थिए । एमसिसी संझौता पछि अमेरिकी सेना आउने र देशको सार्वभौम माथिनै खलल पुग्ने भन्दै आलोचना भइरहेका बेला सरकारले संसदबाट उक्त संभौतालाई अनुमोदन गराएको थियो । त्यसबेला अमेरिकी सेना आउने कुरा हल्ला मात्र भएको दावि नेताहरुले गरेका थिए । अहिले एसपिपीका लागि पत्र सार्वजनिक भएपछि उक्त विषयले एमसिसीलाई समेत जोडेर हेरीएको थियो ।
क्याटेगोरी : राजनीति, विविध, समाचार
ताजा अपडेट
- १ सगरमाथा आराेही श्रेष्ठलाई मन्थली नगरद्वारा सम्मान
- २ रास्वपा रामेछापकाे सभापतिमा पुन : रायमाझी
- ३ बुहारीलाई खुकुरी प्रहार गर्ने ससुरा पक्राउ
- ४ हवाहुरी र चक्रिय भुमरीबाट उमाकुण्ड–२ मा क्षति
- ५ सहकारी अभियानलाई कमजोर बनाउने प्रयास भइरहेको छ : डा. परितोष पौडेल
- ६ विधि र पद्धतिमा विचलन आए समाज भयभीत हुन्छ : राष्ट्रपति पौडेल
- ७ कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु
- ८ बाम्तीभण्डारमा बजार अनुगमन, दर्ता–नविकरण नगरेकालाई एक साताको अल्टिमेटम















प्रतिक्रिया दिनुहोस