सन् २०२३ देखि बुद्ध एयरले मन्थलीका लागि उडान भर्ने
काठमाडौँ- बुद्ध एयरले अग्रजी नयाँ वर्ष सन् २०२३ देखि मन्थलीका लागि उडान भर्ने भएकाे छ । पूर्वका मन्थली, पश्चिमकाे पोखरा र सुदुरपश्चिमकाे नेपालगञ्जकम लागि उडान भर्ने भएको हो ।
बुद्ध एयरले विभिन्न क्षेत्रलाई हब बनाएर अत्याधुनिक जहाजमार्फत सेवा विस्तार गर्ने याेजना अन्तर्गत चार वटा जहाजबाट हवाई उडान भर्ने बुद्ध एयरले जनाएको छ । सन् २०२३ देखि उक्त जहाजले उडान सुरु गरेर यात्रुलाई सेवा दिने भएको हो ।
बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले ट्वीनअटर निर्माता कम्पनी भाइकिङ एयर लिमीटेडको बिक्री तथा बजार विभागका वरिष्ठ कार्यकारी उपाध्यक्ष रोव मोराचासँग भेटवार्ता गरेका छन् ।
सन् २०२४ मा दुई वटा जहाज थप्ने योजना रहेको बुद्ध एयरले सूचनामा उल्लेख गरेको छ । क्रमशः सन् २०२५ देखि २०२६ सम्ममा चार वटा जहाज थप्ने योजना रहेको प्रस्ट पारेको छ ।
क्याटेगोरी : विविध, समाचार
ताजा अपडेट
- १ देशभर कांग्रेस विशेषमहाधिवेशनको समर्थक बढ्दै , बागमतिमा चितवन अगाडि
- २ विद्यालय स्थापनादेखी ३६ वर्ष एउटै विद्यालयमा अध्यापन गराएका खत्री सेवा निवृत्त
- ३ क्यानडामा जनसम्पर्क समिति पुनर्गठन : अध्यक्षमा बसन्त कार्की
- ४ कुलमान घिसिङले मन्त्रीबाट दिए राजिनामा
- ५ रास्वपाका समानुपातिक सुचिबाट नाम फिर्ता लिनेकाे संख्या ६ पुग्याे
- ६ एआई हाम्रो सहयोगी मात्र हो, प्रतिस्पर्धी होइन : प्रेस रजिस्ट्रार सापकोटा
- ७ बुद्ध एयर जहाज दुर्घटनामा को–पाइलटसहित ७ यात्रु घाइते
- ८ शुक्रबार हुनसाथ काठमाडौं नजान कर्मचारीलाई प्रजिअ थापाकाे अनुराेध














प्रतिक्रिया दिनुहोस