सन् २०२३ देखि बुद्ध एयरले मन्थलीका लागि उडान भर्ने
काठमाडौँ- बुद्ध एयरले अग्रजी नयाँ वर्ष सन् २०२३ देखि मन्थलीका लागि उडान भर्ने भएकाे छ । पूर्वका मन्थली, पश्चिमकाे पोखरा र सुदुरपश्चिमकाे नेपालगञ्जकम लागि उडान भर्ने भएको हो ।
बुद्ध एयरले विभिन्न क्षेत्रलाई हब बनाएर अत्याधुनिक जहाजमार्फत सेवा विस्तार गर्ने याेजना अन्तर्गत चार वटा जहाजबाट हवाई उडान भर्ने बुद्ध एयरले जनाएको छ । सन् २०२३ देखि उक्त जहाजले उडान सुरु गरेर यात्रुलाई सेवा दिने भएको हो ।
बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले ट्वीनअटर निर्माता कम्पनी भाइकिङ एयर लिमीटेडको बिक्री तथा बजार विभागका वरिष्ठ कार्यकारी उपाध्यक्ष रोव मोराचासँग भेटवार्ता गरेका छन् ।
सन् २०२४ मा दुई वटा जहाज थप्ने योजना रहेको बुद्ध एयरले सूचनामा उल्लेख गरेको छ । क्रमशः सन् २०२५ देखि २०२६ सम्ममा चार वटा जहाज थप्ने योजना रहेको प्रस्ट पारेको छ ।
क्याटेगोरी : विविध, समाचार
ताजा अपडेट
- १ तामाङ समाज यूएईद्वारा विद्यालयलाई प्रोजेक्टर सहयोग
- २ बाढी प्रभावितलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर संचालन हुँदै
- ३ रामेछापमा वृद्ध दम्पतीलाई बन्धक बनाएर डकैती गर्ने गिरोह पक्राउ
- ४ प्रेस युनियन रामेछापको अध्यक्षमा श्रेष्ठ
- ५ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- ६ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ७ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ८ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ













प्रतिक्रिया दिनुहोस