मन्थलीमा सुविधा सम्पन्न रिसोर्ट
रामेछाप । रामेछाप जिल्ला सदरमुकाम मन्थलीमा सुविधा सम्पन्न होटल थपिने क्रममा छन् । पछिल्लो पटक जिल्लाकै ठुलो लगानीको फ्रिडम रिसोर्ट संचालनमा आएको छ ।

मन्थली १ गडुवारीमा रहेको फ्रिडम रिसोर्ट जिल्लामा सवैभन्दा बढी सुविधा सम्पन्न हो । करिव १४ करोडको लगानी रहेको उक्त रिसोर्टमा स्थानीय र कन्टिनेन्टल परिकार पाईन्छ । स्वीमिङ पुल, डिलक्स भिल्ला र कटेज, उच्चस्तरको सभाहल, रेष्टुरेण्ट एण्ड बार र विवाह ब्रतवन्ध तथा सांस्कृतिक कार्यक्रमका लागि प्रयाप्त स्थान रहेको उक्त रिसोर्टमा अरु सुविधा थपिने क्रममा रहेका छन् । रिसोर्टमा करिव ७५ जना सम्मको आवास प्रवन्ध रहेको छ

संचालक टीकाराज आरणका अनुसार रिसोर्ट शान्त वातावरणमा छ । वरीपरी हरियाली खेतको विचमा रहेको उक्त रिसोर्टमा पुग्नेहरु त्यहाँ उपलव्ध सेवा संग सन्तुष्ट छन् । मन्थली गर्मी ठाउँ भएकाले उक्त रिसोर्टको स्वीमिङ पुल भरीभराउ हुने गरेको छ ।
रिसोर्ट बाहेक यस अघी मन्थली बजारमा संचालनमा रहेका होटलहरुले पनि सुविधा थप्ने काम थालेका छन् । केहि होटलहरुमा सजावट थपिएका छन् । सजावट सगैं खानाका परिकारहरुको पनि मेनु थपिदो क्रममा रहेको होटल एसएस इभरग्रिनकी संचालक सुमिका श्रेष्ठले वताईन ।

मन्थलीमा साना ठुला गरी करिव १ सय होटलहरु रहेका छन् । त्यसमध्ये केहि चिया पसल र सामान्य खाजा खानाका लागि खुलेका पनि छन् । राति पाहुना राख्ने , एसी , तातो चिसो पानी र एट्याच सौचालय भएका होटलहरुले पाहुनाको रोजाईका लागि हरेक बर्ष सुविधा थप्दै लगेका छन् । पार्किङको लागि केहिले व्यवस्था गरीसकेका छन् भने केहिले गर्ने क्रममा रहेका छन् ।

क्याटेगोरी : विविध, समाचार
ताजा अपडेट
- १ देशभर कांग्रेस विशेषमहाधिवेशनको समर्थक बढ्दै , बागमतिमा चितवन अगाडि
- २ विद्यालय स्थापनादेखी ३६ वर्ष एउटै विद्यालयमा अध्यापन गराएका खत्री सेवा निवृत्त
- ३ क्यानडामा जनसम्पर्क समिति पुनर्गठन : अध्यक्षमा बसन्त कार्की
- ४ कुलमान घिसिङले मन्त्रीबाट दिए राजिनामा
- ५ रास्वपाका समानुपातिक सुचिबाट नाम फिर्ता लिनेकाे संख्या ६ पुग्याे
- ६ एआई हाम्रो सहयोगी मात्र हो, प्रतिस्पर्धी होइन : प्रेस रजिस्ट्रार सापकोटा
- ७ बुद्ध एयर जहाज दुर्घटनामा को–पाइलटसहित ७ यात्रु घाइते
- ८ शुक्रबार हुनसाथ काठमाडौं नजान कर्मचारीलाई प्रजिअ थापाकाे अनुराेध














प्रतिक्रिया दिनुहोस