काभ्रेमा आपतकालीन गोदाम घर
काभ्रे,भदौ २८ गते । विपतका घटनामा छिटोभन्दा छिटो खोज तथा उद्धार कार्य गर्ने उद्देश्यले धुलिखेल नगरपालिका–३ मा प्रदेशस्तरीय गोदाम घर (वेयर हाउस) निर्माण भएको छ ।
बागमती प्रदेशका विभिन्न जिल्लामा विपतका समयमा आवश्यक पर्ने उद्धार सामग्रीको भण्डारणका लागि हालै उक्त घर निर्माण गरिएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ ।
प्रदेश सरकारको रु ३१ लाख ४२ हजारको लागतमा निर्माण भएको घरमा मोटरबोट, रुख काट्ने मेसिनलगायतका उद्धारका समाग्री राखिने काभ्रेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक भूपेन्द्रबहादुर खत्रीले जानकारी दिए । “उक्त घरमा विपत्मा खोज तथा उद्धार गर्ने सबै प्रकारका सामग्री राख्नेछौँ, यो व्यवस्थापनले पीडितलाई निकै राहत पुग्ने अपेक्षा गरेका छौँ”, उनले भने ।
नगरपालिकाले उपलब्ध गराएको जग्गामा उक्त घर निर्माण गरिएको हो । प्रउखत्रीका अनुसार प्रदेशस्थित आसपासका जिल्ला सिन्धुपाल्चोक, रामेछाप, दोलखा, सिन्धुली जिल्लामा हुने सम्भावित घटनामा छिटोभन्दा छिटो खोज तथा उद्धार गर्न सकिनेछ ।
यसका लागि प्रहरी नायब निरीक्षकको कमाण्डमा खाज तथा उद्धारमा तालिमप्राप्त २५ प्रहरी व्यवस्थापन गरी जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । उक्त घरमा भने खोज तथा उद्धारका सामग्री राख्ने प्रक्रियामा छ ।
उक्त टोलीले मेलम्ची घटनामा खोज तथा उद्धार तथा अवरुद्ध राजमार्ग खुलाउन महत्वपूर्ण भूमिका खेलेको प्रहरीले जनाएको छ । उक्त टोलीलाई बाढी–पहिरो, आगलागी, भुकम्पलगायतका विपतका घटनामा खोज तथा उद्धार गर्न थप नयाँ प्रविधिको तालिमको दिइने जनाइएको छ ।
खोज तथा उद्धारमा खट्ने प्रहरीका लागि आवास भवनसमेत निर्माण गर्न बागमती प्रदेश सरकार र धुलिखेल नगरबीच समन्वय भइरहेको उनले बताए । रासस
क्याटेगोरी : अन्तरवार्ता, अर्थ, खेलकुद, मनाेरञ्जन, राजनीति, विचार, विविध, शिक्षा, समाचार, समाज, सम्पादकीय, स्वास्थ्य
ताजा अपडेट
- १ कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु
- २ बाम्तीभण्डारमा बजार अनुगमन, दर्ता–नविकरण नगरेकालाई एक साताको अल्टिमेटम
- ३ मन्थली नगरपालिका उत्कृष्ट नगरका रुपमा सम्मानित
- ४ शिक्षाविद् तथा भाषासेवी विष्णु चित्रकारको हृदयघातबाट निधन
- ५ गुनासो रहित सेवा प्रवाह नै मुख्य उद्देश्य : सहायक प्रमुख जिल्ला अधिकारी केसी
- ६ रामेछाप उद्योग वाणिज्य संघकाे अध्यक्षमा प्रकाश कुमार श्रेष्ठ विजयी
- ७ आयुर्वेद सेवामा आकर्षण बढ्दै, स्थानीय तहसम्म विस्तारको प्रयास
- ८ पत्रकार महासंघकाे स्थापना दिवसमा रामेछापमा विविध कार्यक्रम















प्रतिक्रिया दिनुहोस