सल्टेन संसद्को गतिरोध
काठमाडौं,भदौ २८ गते । सभामुख अग्नि सापकोटाले संसद्को अवरोध हटाउन गरेको आग्रहलाई विपक्षी दल एमालेले अस्वीकार गरेको छ। कारबाही गरेका १४ सांसदलाई पद मुक्त नगरी पार्टी फुटाउन भूमिका खेलेको भन्दै एमालेले भदौ २३ बाट लगातार संसद् अवरोध गरिरहेको छ। अवरोधबीच सभामुख सापकोटाले संसद्मा सरकारको बिजनेस अघि बढाएपछि एमाले झनै रुष्ट छ। आइतबार पनि अवरोध गरेपछि सभामुख सापकोटाले एमाले नेताहरूसँग छलफल गरेका थिए। उनले अवरोध हटाउन आग्रह गरे। तर, सभामुखले गल्ती स्वीकार गरेर १४ जनालाई कारबाहीको सूचना ननिकालेसम्म अवरोध कायमै राख्ने एमालेले अडान राख्यो।
‘१४ जनालाई पदमुक्त गर्न ढिला भएकोमा माफी माग्दै सभामुखज्यूले सूचना प्रकाशित नगरेसम्म संसद् अवरोध कायमै राख्ने जानकारी गरायांै,’ प्रमुख सचेतक विशाल भट्टराईले अन्नपूर्णसँग भने। भट्टराईसहित सचेतक शान्ता चौधरी र खगराज अधिकारीले सभामुखसँग छलफल गरेका थिए।
‘हामीले सभामुखसँग अतिरिक्त माया खोजेको होइन, समान व्यवहार गर्नुहोस् भनेर स्मरण गरायौं,’ भट्टराईले भने, ‘उहाँको व्यवहार सभामुखको जस्तो भएन भन्ने हाम्रो भनाइ हो।’ सभामुख सापकोटाले आफूले निष्पक्ष र तटस्थ नै भूमिका निर्वाह गरिरहेको जवाफ दिएका थिए।
छलफलमा सहभागी कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले शीर्ष तहमै संसद् खुलाउनेबारे छलफल गर्न सभामुख सापकोटालाई सुझाएका थिए। एमालेका नेताहरूसँग सहमति नजुटेपछि सापकोटाले सोमबार शीर्ष नेताको बैठक बोलाएका छन्।
सोमबार दिउँसो २ ःप्३० मा प्रमुख दलका शीर्ष नेतालाई छलफलका लागि बोलाएको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।
क्याटेगोरी : अन्तरवार्ता, अर्थ, खेलकुद, मनाेरञ्जन, राजनीति, विचार, विविध, शिक्षा, समाचार, समाज, सम्पादकीय, स्वास्थ्य
ताजा अपडेट
- १ क्यानडामा जनसम्पर्क समिति पुनर्गठन : अध्यक्षमा बसन्त कार्की
- २ कुलमान घिसिङले मन्त्रीबाट दिए राजिनामा
- ३ रास्वपाका समानुपातिक सुचिबाट नाम फिर्ता लिनेकाे संख्या ६ पुग्याे
- ४ एआई हाम्रो सहयोगी मात्र हो, प्रतिस्पर्धी होइन : प्रेस रजिस्ट्रार सापकोटा
- ५ बुद्ध एयर जहाज दुर्घटनामा को–पाइलटसहित ७ यात्रु घाइते
- ६ शुक्रबार हुनसाथ काठमाडौं नजान कर्मचारीलाई प्रजिअ थापाकाे अनुराेध
- ७ फोनिज रामेछापद्वारा ‘जेन–जी आन्दोलनको राजनीतिक प्रभाव’ विषयक संवाद
- ८ रामेछापमा नेपाल अध्यापक संघ गठन :अध्यक्षमा हस्त लामा












प्रतिक्रिया दिनुहोस