सगरमाथा आराेही श्रेष्ठलाई मन्थली नगरद्वारा सम्मान
रामेछाप – विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर फर्किएका मन्थली नगरपालिका–१ निवासी धानुकुमार श्रेष्ठलाई मन्थली नगरपालिकाले आइतबार सम्मान गरेको छ।
नगरपालिकामा आयोजित विशेष कार्यक्रममा नगरप्रमुख लव श्रेष्ठले आराेही धानुकुमार श्रेष्ठलाई सम्मानपत्रसहित सम्मान गरेका हुन् । त्यसैगरी शनिबार मन्थलीमा नेवार समुदायका विभिन्न संस्था तथा स्थानीय बासिन्दाले पनि श्रेष्ठलाई सम्मान गरेका थिए ।
सम्मान कार्यक्रममा सफल आरोही श्रेष्ठसँगै उनका माता मिङ्मा शेर्पा श्रेष्ठ र पिता टंककुमार श्रेष्ठलाई समेत सम्मान गरिएको थियो।
पर्यटन विषयमा स्नातक गरेका श्रेष्ठले २०८३ साल जेठ ७ गते दिउँसो १ बजे विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका थिए। उनी बेलायतको एक पर्वतारोहण टोलीमा आबद्ध भई चैत २६ गते सगरमाथा आधार शिविरतर्फ प्रस्थान गरेका थिए।
सगरमाथा आरोहणमार्फत जिल्लाको गौरव बढाएको भन्दै स्थानीय तह तथा विभिन्न संघसंस्थाले श्रेष्ठको सफलताको प्रशंसा गरेका छन्।
क्याटेगोरी : पर्यटन, समाचार
ताजा अपडेट
- १ सगरमाथा आराेही श्रेष्ठलाई मन्थली नगरद्वारा सम्मान
- २ रास्वपा रामेछापकाे सभापतिमा पुन : रायमाझी
- ३ बुहारीलाई खुकुरी प्रहार गर्ने ससुरा पक्राउ
- ४ हवाहुरी र चक्रिय भुमरीबाट उमाकुण्ड–२ मा क्षति
- ५ सहकारी अभियानलाई कमजोर बनाउने प्रयास भइरहेको छ : डा. परितोष पौडेल
- ६ विधि र पद्धतिमा विचलन आए समाज भयभीत हुन्छ : राष्ट्रपति पौडेल
- ७ कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु
- ८ बाम्तीभण्डारमा बजार अनुगमन, दर्ता–नविकरण नगरेकालाई एक साताको अल्टिमेटम















प्रतिक्रिया दिनुहोस