प्रवताराेही पाण्डेलाई गाउँपालिकाद्वारा आराेहणमा आवस्यक सामग्री प्रदान
रामेछाप – लिखु तामाकोसी गाउँपालिका तिल्पुङका पर्वतारोही प्रकाश राज पाण्डेलाई गाउँपालिकाले पर्वतारोहणमा आवस्यक पर्ने विभिन्न सामग्रीहरु प्रदान गरेको छ ।
विश्वका सातै महादेशका उच्च हिमशिखर आरोहण गर्ने सेभेन समिट अभियानमा रहेका पाण्डेलाई उत्साहका लागि पालिकाले एडभेन्चर गियरको प्याकेज प्रदान गरेर अभियानमा सहयोग गरेको छ ।
बुधबार पालिकामा एक कार्यक्रमकाबीच गाउँपालिका अध्यक्ष केशव महतले पर्वतारोही पाण्डेलाई सामग्रीहरु हस्तान्तरण गरेका हुन् ।
पालिका अध्यक्ष महतले हिमाल आरोहण गर्ने साहसिक र चुनौतीपूर्ण काममा सफल युवा आरोही गाउँपालिकामै पाएकाे र देशले गौरव गर्ने व्यक्तिलाई सहयोग गर्ने अवसर पाएकोमा खुसी व्यक्त गरे ।
पर्वतारोही पाण्डेले दक्षिण अमेरिकी महादेशको उच्च शिखरमा पर्याएकाे रामेछापको नक्शा अंकित ब्यानर अध्यक्ष महतलाई हस्तान्तरण गर्दै आफ्नो स्थानीय सरकारले गरेको सहयोगलेअभियानमा थप उर्जा मिलेको बताए ।
पर्वतारोहणको क्षेत्रमा विशेष उपलब्धि मानिने सेभेन समिट अभियानमा रहेका पाण्डे आगामी महिना इण्डोनेशियामा पर्ने ओसिनिया क्षेत्रको सबैभन्दा अग्लो चुचुरो काष्ट्रेन्ज पिरामिड आरोहणका लागि प्रस्थान गर्दैछन् ।
हालसम्म उनले सगरमाथा सहित निकै चुनौतीपूर्ण रहेको किलर माउन्टेन उपनामले प्रसिद्ध मनास्लु हिमालका साथै युरोप, अफ्रिका र दक्षिण अमेरिका महादेशको सर्वोच्च हिमालहरुको सफल आरोहण गरिसकेका छन् ।
क्याटेगोरी : पर्यटन, समाचार
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस