राष्ट्रिय पदमार्ग निर्माण मापदण्ड’ सबै तहका सरकारले लागू गर्ने
काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन क्षेत्रको विषयगत समितिको तेस्रो बैठकले देशभरका पदमार्गहरू एउटै राष्ट्रिय मापदण्ड अनुसार निर्माण गर्ने निर्णय गरेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेको अध्यक्षतामा बुधवार काठमाडौंमा बसेको विषयगत समितिको तेस्रो बैठकले सबै तहका सरकारले‘राष्ट्रिय पदमार्ग निर्माण मापदण्ड’ लागू गर्ने निर्णय गरेको हो ।
यस बैठकले पर्यटन विकासका लागि विभिन्न सातवटा निर्णय गरेको छ । जसमा ग्रामीण पर्यटन प्रवर्द्धनका लागि प्रभावकारी ठानिएको ‘होमस्टे सञ्चालन मापदण्ड’लाई पनि सबै तहमा कार्यान्वयन गर्ने निर्णय गरेको छ ।
यसका साथै प्रदेश र स्थानीय सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट बनाउँदा केन्द्र सरकारसँग तादाम्यता मिलाउने, संस्कृति तथा पर्यटन क्षेत्र मा स्थानीय तहको क्षमता अभिवृद्धि गर्न प्रदेश सरकारले सहयोग गर्ने निर्णयसमेत गरेको छ । यससँगै पहिचान गरिएका पर्यटकीय गन्तव्यहरूको सौन्दरीकरण, प्रचारप्रसार तथा मर्मत सम्भारमा तीनै तहका सरकारले प्राथमिकता दिने, पर्यटनमा निजी क्षेत्रको लगानी आकर्षणका लागि वातावरण निर्माण गर्ने र अघिल्ला बैठकका निर्णयहरू कार्यान्वयन गर्ने निर्णय गरेको छ ।
बैठकमा संघीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री पाण्डेसँगै प्रदेशका पर्यटन मन्त्रीहरु र समितिका सदस्यहरूको उपस्थिति रहेको थियो ।
बैठकमा बोल्दै मन्त्री पाण्डेले पर्यटन क्षेत्रमा तीन तहबीच समन्वय र साझेदारी आवश्यक रहेको बताए । मन्त्री पाण्डेले भने “हामीकहाँ नीति निर्माणदेखि कार्यान्वयनसम्म टुक्राटुक्रामा हुने प्रवृत्तिले प्रभावकारी परिणाम आउन सकेको छैन । अब साझा मापदण्ड र स्पष्ट कार्यविभाजनका साथ अघि बढ्नुपर्छ ।”
क्याटेगोरी : पर्यटन, समाचार
ताजा अपडेट
- १ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- २ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ३ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ४ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ५ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ६ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ७ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ८ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार













प्रतिक्रिया दिनुहोस