क्यानडामा जनसम्पर्क समिति पुनर्गठन : अध्यक्षमा बसन्त कार्की
क्यानडामा क्रियाशिल प्रजातान्त्रिक जनसम्पर्क समिति पुनर्गठन भएकाे छ । हालै पुनर्गठित समितिकाे अध्यक्षमा बसन्त कार्की चयन भएका छन् ।
जनसम्पर्क समितिलाई थप प्रभावकारी र व्यवस्थित बनाउन समितिकाे पुनर्गठन गरिएकाे अध्यक्ष कार्कीले जानकारी दिएका छन् ।
लामाे समयदेखि महाधिवेशन हुन नसकेका कारण नेतृत्व परिवर्तन हुन नसकिरहेकाे बेला समितिकाे पुनर्गठन गरेर कार्कीलाई नेतृत्व हस्तान्तरण गरेकाे जनसम्पर्क समिति क्यानडाले जनाएकाे छ ।
संस्थाकाे क्षमता अभिवृद्धि ,नेपाली समुदायसँगको सम्बन्ध सुदृढ बनाउने तथा भावी कार्यदिशा स्पष्ट गर्ने लक्ष्यसहित पुनर्गठन गरिएको समितिले जनाएको छ ।
क्यानडामा रहेका नेपाली समुदायलाई एकताबद्ध गर्दै जनसम्पर्क समितिलाई अझ सक्रिय,उत्तरदायी र परिणाममुखी संस्थाका रूपमा विकास गर्ने समितिका अध्यक्ष कार्कीले प्रतिबद्धता व्यक्त गरेका छन्।
यस समितिले नयाँ सदस्यकाे नेतृत्व विकास, जिम्मेवारीको स्पष्ट बाँडफाँड र कार्यक्रमहरूलाई थप जनमुखी बनाउदै लैजाने उल्लेख गर्दै समितिले निकट भविष्यमा सामाजिक, सांस्कृतिक तथा सामुदायिक गतिविधिलाई प्राथमिकताका साथ अगाडि बढाउने जनाएको छ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ तामाङ समाज यूएईद्वारा विद्यालयलाई प्रोजेक्टर सहयोग
- २ बाढी प्रभावितलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर संचालन हुँदै
- ३ रामेछापमा वृद्ध दम्पतीलाई बन्धक बनाएर डकैती गर्ने गिरोह पक्राउ
- ४ प्रेस युनियन रामेछापको अध्यक्षमा श्रेष्ठ
- ५ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- ६ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ७ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ८ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ













प्रतिक्रिया दिनुहोस