रास्वपाका समानुपातिक सुचिबाट नाम फिर्ता लिनेकाे संख्या ६ पुग्याे
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक उम्मेदवार बन्दसूचीबाट नाम फिर्ता लिनेको संख्या छ पुगेको छ। साेमबार डा.अरनिको पाँडेले आफ्नो उम्मेदवारी फिर्ता लिने निर्णय गरेसँगै नाम फिर्ता लिनेकाे संख्या ६ पगेकाे हाे ।
बदलिएको राजनीतिक परिस्थितिमा समानुपातिक बन्दसूचीमा रहिरहनु उपयुक्त नलागेको उल्लेख गर्दै डा. पाँडेले उम्मेदवारी फिर्ता लिएको जनाएका छन् । गएराति बसेको रास्वपा बैठकमा उनले उमेदवारीबाट नाम फिर्ता लिने कुरा पार्टीलाई जानकारी गराएका थिए ।
डा: पाँडेले सामाजिक सञ्जाल फेसबुकमार्फत् पछिल्लो समय विकसित राजनीतिक अवस्थालाई मध्यनजर गर्दै समानुपातिक बन्दसूचीमा रहिरहने औचित्य नहरेकाे उल्लेख गर्दै उनले केन्द्रीय समितिकाे बैठकमा आफ्नाे नाम हटाउने निर्णय सुनाएकाे जनाएका छन् ।
यसअघि रास्वपाका समानुपातिक उमेदवारकाे बन्द सुचिबाट नाम फिर्ता लिनेहरुमा आरोही टासी शेर्पा, गायिका त्रिशला गुरुङ, अभिनेता तथा टेलिभिजन प्रस्तोता आसिफ साह,सचिन ढकाल र प्राध्यापक महेन्द्र लावती रहेका छन् ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ तामाङ समाज यूएईद्वारा विद्यालयलाई प्रोजेक्टर सहयोग
- २ बाढी प्रभावितलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर संचालन हुँदै
- ३ रामेछापमा वृद्ध दम्पतीलाई बन्धक बनाएर डकैती गर्ने गिरोह पक्राउ
- ४ प्रेस युनियन रामेछापको अध्यक्षमा श्रेष्ठ
- ५ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- ६ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ७ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ८ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ













प्रतिक्रिया दिनुहोस