कांग्रेस काठमाडौँ–८ बाट प्रतिनिधि सभा चुनावका लागि सिफारिस सात मध्ये कार्की बलियाे दाबेदार
काठमाडौँ – नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नम्बर ८ ले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि सात जना उम्मेदवारको नाम सिफारिस गरेको छ।
कांग्रेस काठमाडौँ–८ क्षेत्रीय समितिको पूर्ण बैठकले डा. अमितसिंह कार्की, राजु खरेल, विजयगोपाल श्रेष्ठ, राजुराज जोशी, सपना राजभण्डारी, रविन्द्रलाल श्रेष्ठ र मुस्कानराज गौतमलाई उम्मेदवारका रूपमा सिफारिस गर्ने निर्णय गरेको हो।
समितिका अनुसार स्थानीय तहमा भएका छलफल, संगठनात्मक मूल्यांकन तथा कार्यकर्ताबाट प्राप्त सुझावका आधारमा सिफारिस सूची तयार गरिएको हो। बैठकमा क्षेत्रको समग्र राजनीतिक अवस्था, संगठन सुदृढीकरण तथा आगामी निर्वाचन रणनीतिबारे पनि व्यापक छलफल भएको बताइएको छ।
सिफारिस गरिएका नामहरूमध्ये डा. अमितसिंह कार्कीलाई सबैभन्दा बलियो दाबेदारका रूपमा हेरिएको छ। क्षेत्रीय नेतृत्वका अनुसार कार्कीको दीर्घकालीन संगठनात्मक संलग्नता, सामाजिक तथा राजनितीक सक्रियता र विकास–निर्माणमा महत्त्वपूर्ण भूमिका स्पष्ट धारणा भएकाले उनको पक्षमा बलियो आधार बनेको छ।
क्षेत्रीय समितिबाट सिफारिस गरिएको नामावली अब पार्टी केन्द्रीय समितिमा पठाइनेछ। प्रतिनिधि सभा निर्वाचनका लागि अन्तिम उम्मेदवार चयन गर्ने अधिकार पार्टी केन्द्रीय नेतृत्वसँग रहनेछ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ देशभर कांग्रेस विशेषमहाधिवेशनको समर्थक बढ्दै , बागमतिमा चितवन अगाडि
- २ विद्यालय स्थापनादेखी ३६ वर्ष एउटै विद्यालयमा अध्यापन गराएका खत्री सेवा निवृत्त
- ३ क्यानडामा जनसम्पर्क समिति पुनर्गठन : अध्यक्षमा बसन्त कार्की
- ४ कुलमान घिसिङले मन्त्रीबाट दिए राजिनामा
- ५ रास्वपाका समानुपातिक सुचिबाट नाम फिर्ता लिनेकाे संख्या ६ पुग्याे
- ६ एआई हाम्रो सहयोगी मात्र हो, प्रतिस्पर्धी होइन : प्रेस रजिस्ट्रार सापकोटा
- ७ बुद्ध एयर जहाज दुर्घटनामा को–पाइलटसहित ७ यात्रु घाइते
- ८ शुक्रबार हुनसाथ काठमाडौं नजान कर्मचारीलाई प्रजिअ थापाकाे अनुराेध














प्रतिक्रिया दिनुहोस