आर्थिक रुपमा महिला सबल हुनसके हिंसा न्यूनिकरण हुन्छ
रामेछाप – लैंगिक हिंसा विरुद्धकाे १६ दिने अभियान अन्तर्गत मंगलबार भएकाे कार्यक्रममा लिखुतामाकाेशी गाउँपालिकाकी उपाध्यक्ष दिपा पाख्रीनले आर्थिक रुपमा महिला सबल हुन सके हिंसाकाे घटनाहरु घट्ने बताएकी छिन् ।
प्रविधिकाे सहि प्रयाेग गराैं : लैंगिक हिंसा अन्त्य गराैं भन्ने मुल नारा सहित आजबाट सुरु भएकाे लैंगिक हिंसा विरुद्धकाे १६ दिने अभियान अन्तर्गत भएकाे अन्तरक्रिया कार्यक्रममा पालिकाकी उपाध्यक्ष पाख्रीनले आर्थिक परनिर्भरता हिंसाकाे मुख्य कारण भएकाे बताईन् । उनले पालिकाका महिलाहरूलाइ सीप सिक्न , आर्थिक उपार्जनमा लाग्न अनुराेध गरेकी छन् ।
सभ्य समाज निर्माणमा महिलाकाे पनि भहत्वपुर्ण भूमिका हुने हुदा महिलाहरुले आफ्नाे अधिकारसँगै जिम्मेवारी , दायित्व तथा कर्तव्य निर्वाह गर्नुपर्ने बताउदै महिलाहरुकाे आर्थिक उपार्जनका लागि पालिकाले विभिन्न कार्यक्रमहरु समेत गरिरहेकाे जानकारी गराएइन् ।
यस्तै गरि कार्यक्रममा ईलाका प्रहरी धाेबीका प्रमुख प्रहरी निरक्षक सुजन लामाले लैंगिक हिंसा सम्बन्धि कानुनी व्यवस्था , हिंसा हुनुकाे कारण र कानुनी उपचारका विषयमा जानकारी दिएका थिए । त्यसैगरी पत्रकार ज्ञानु श्रेष्ठले लैंगिक समता, समानता तथा सामाजिक समावेशीकरण विषयमा प्रस्तुति गरेकी थिइन् ।
कार्यक्रममा सहभागीहरुले तुलनात्मक रुपमा हिंसाका घटना कम हुने गरेकाे बताए । यस्तै सचेतिकरण तथा सशक्तीकरण कार्यक्रमहरु हुन थालेपछि गाउँमा हिंसाका घटना कम हुन थालेकाे र जनताकाे चेतना स्तरमा वृद्धि भएकाे बताएका थिए ।यस्ताे किसिमकाे कार्यक्रमले गाउँमा सकारात्मक प्रभाव परेकाे बताए ।
पालिकाकाे महिला ,बालबालिका तथा जेष्ठ नागरिक शाखाले आयाेजना गरेकाे कार्यक्रममा पालिका भरिका , महिला संजाल ,स्वास्थ्य स्वयमसेविका, सराेकारवाला व्यक्ति ,जनप्रतिनिधि तथा सर्वसाधारण नागरिकको सहभागीता रहेकाे थियाे ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ आर्थिक रुपमा महिला सबल हुनसके हिंसा न्यूनिकरण हुन्छ
- २ वृद्धकाे हत्या गरेर फरार युवा २४ घण्टा नबित्दै पक्राउ
- ३ निर्वाचनमा काम गर्नेलाई रोज्नुहोस् : मुख्यमन्त्री बानियाँ
- ४ निःशुल्क आयुर्वेदिक उपचार शिविरमा सुनापतिका २ सयले जनाले दिए स्वास्थ्य सेवा
- ५ सर्वसाधारणलाई अदालती प्रक्रियाबारे जानकारी दिदै जिल्ला न्यायाधीश राजेन्द्र नेपाल
- ६ एमाले रामेछापले कात्तिक २९ मा जिल्ला स्तरिय प्रदर्शन गर्ने,
- ७ सामाजिक सेवामा तल्लिन डा.सैयद शुक्रबार रामेछाप आउदै
- ८ जेनजी आन्दोलनका घाइतेहरुलाई परिचयपत्र पत्र प्रदान गरिने















प्रतिक्रिया दिनुहोस