पार्टीलाई व्यवस्थित गर्ने जिम्मेवारी हामी माथि छ : सिंह
काठमाडौं – नेपाली कांग्रेसका पुर्व महामन्त्री तथा उपप्रधानमन्त्री तता शहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपाली कांग्रेस पार्टीलाई व्यवस्थित गर्ने जिम्मेवारी आफुहरु माथि भएकाे बताए । नेपाली कांग्रेस सुनापति गाउँपालिका १ गुन्सिले आयाेजना गरेकाे कार्यक्रममा बाेल्दै उनले यस्ताे बताएका हुन् ।
कार्यक्रममा उपप्रधानमन्त्री सिंहले भने “पार्टीलाई व्यवस्थित बनाउनु पर्ने छ । पार्टीलाई सुव्यवस्थित बनाउनका लागि जे गुमाउन पनि तयार छु ,कुनैपनि पदमा जान मन्त्रि तथा प्रधानमन्त्री हुनका लागि राजनितीमा आएकाे हाेइन ।जनतालाई अधिकार दिलाउनका लागि राजनीतिमा लागेकाे हाे । जनताको अधिकारका लागि कांग्रेसले विगतमा धेरै काम गरेका छ । कांग्रेसले गरेकाे कामहरुकाे बारेमा पनि आजकाे पुस्तालाइ बताउनु पर्छ । “पार्टी व्यवस्थित गरेर लैजानु पर्ने छ । मिलेर जानुकाे विकल्प छैन ,पार्टीका साथिहरुलाई चाहाना र क्षमता अनुसार संगठनमा भूमिका दिदै जानू पर्छ” सिंहले भने ।
त्यसैगरी नेपाली कांग्रेस बागमती प्रदेशको संसदीय दलकाे विषयमा बाेल्दै उपप्रधानमन्त्री सिंहले भने पार्टीका साथिभाईसँग भएकाे समझदारी अनुसार काम भएकाे भए यसरी बाहिर हल्ला आउने थिएन । पदमा भएबा साथिहरुले
पद अनुसारकाे आचारण गर्न नसक्दा यस्ताे अवस्था सिर्जना भएकाे हाे । बाहिर आएका हल्ला वस्ताे कुनै जात बिशेषलाई हाेच्याउन लागि गरिएको हाेइन ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ तामाङ समाज यूएईद्वारा विद्यालयलाई प्रोजेक्टर सहयोग
- २ बाढी प्रभावितलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर संचालन हुँदै
- ३ रामेछापमा वृद्ध दम्पतीलाई बन्धक बनाएर डकैती गर्ने गिरोह पक्राउ
- ४ प्रेस युनियन रामेछापको अध्यक्षमा श्रेष्ठ
- ५ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- ६ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ७ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ८ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ













प्रतिक्रिया दिनुहोस