भष्ट्राचार काण्डमा मुछिएका मन्त्री गुप्तालाइ बर्खास्त गर्न गगन थापाले माग
काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भष्ट्रचार काण्डमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई तत्काल बर्खास्त गर्न माग गरेका छन् ।
मन्त्री गुप्ताले घुस माग्दै गरेकाे अडियो सार्वजनिक भएको छ । साेही अडियो र्सार्वजनिक भएपछि मन्त्रीकाे बर्खास्ती माग गरेकाे हाे । मन्त्रीले गल्ती नगरेको भए तुरुन्त राजीनामा दिएर छानबिन गर भन्नुपर्ने थापाले बताए ।
“प्रधानमन्त्रीले तुरुन्त मन्त्रीलाई बर्खास्त गरिहाल्नुहोला भन्ने मेरो अपेक्षा थियो । यसबारेमा टिप्पणी नै गर्नुपर्दैन होला भन्ने लागेको थियो, थापाले भने, ‘तर टिप्पणी गर्नुपर्ने अवस्था आयो । प्रधानमन्त्रीज्यूलाई अनुरोध गर्छु । तपाईंले तत्काल तपाईंको मन्त्रीलाई बर्खास्त गर्नुस् ।’”
कांग्रेसको बुद्धिजीवी विभागले काठमाडौंमा गरेको कार्यक्रममा सोमबार बोल्दै थापाले यतिको कुरा आइसके पछाडि यसको दूधको दूध, पानीको पानी हुनुपर्छ । यसको छानबिन हुनुपर्छ,’ थापाले भने, ‘संलग्न भएका अरू को–को छन् ? कोही छन् भने कसैको बारेमा अहिले टिकाटिप्पणी गर्ने कुरा हतारो हुन्छ । तर अनुसन्धान गर्दै गर्दा कहींकतै कोही दोषी देखिन्छन् भने उसलाई कारबाही हुनुपर्छ ।’
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ सगरमाथा आराेही श्रेष्ठलाई मन्थली नगरद्वारा सम्मान
- २ रास्वपा रामेछापकाे सभापतिमा पुन : रायमाझी
- ३ बुहारीलाई खुकुरी प्रहार गर्ने ससुरा पक्राउ
- ४ हवाहुरी र चक्रिय भुमरीबाट उमाकुण्ड–२ मा क्षति
- ५ सहकारी अभियानलाई कमजोर बनाउने प्रयास भइरहेको छ : डा. परितोष पौडेल
- ६ विधि र पद्धतिमा विचलन आए समाज भयभीत हुन्छ : राष्ट्रपति पौडेल
- ७ कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु
- ८ बाम्तीभण्डारमा बजार अनुगमन, दर्ता–नविकरण नगरेकालाई एक साताको अल्टिमेटम















प्रतिक्रिया दिनुहोस