रामेछापमा ससुराद्वारा बुहारीकाे हत्या
रामेछाप- मन्थली नगरपालिका–१२ गेलुमा एक ससुराले धारिलो हतियार प्रहार गरि बुहारीको हत्या गरेका छन् ।
मन्थली १२ सिक्राल घरमा बस्दै आएकाे छाेरा लिन आएकी बुहारीलाई ६१ बर्षिय ससुरा शम्भु बुढाथोकीले धारिलो हतियार प्रहार गरेर बुहारीकाे हत्या गरेका छन् । शुक्रबार दिउसाे आफ्नै घरमा आएकी बुहारी अन्दाजी वर्ष २८ की पवित्रा बुढाथोकीलाई ससुरा शम्भु बुढाथोकीले खुकुरी प्रहार गरेर हत्या गरेका हुन् ।
बुढाथोकीका बुहारी काठमाडौमा बस्दै आएकी थिइन । यता घरमा ससुरासँग बसिरहेकाे छाेरालाई आफुसँग काठमाडौ लैजान भनी उनी घरमा आएकी थिइन् । ससुराले उनकाे छाेरा आफुसँग पठाउन नमाने पछि विवादकाे भएकाे थियाे ।
पवित्राको ९ वर्षको छोरा हजुरबुबासँग बस्दै आएका थिए । मृतक पवित्राकाे श्रीमान खम्बबहादुर बुढाथोकीले गएकाे साउनमा आत्महत्या गरेका थिए ।
क्याटेगोरी : अपराध, समाचार, समाज
ताजा अपडेट
- १ क्यानडामा जनसम्पर्क समिति पुनर्गठन : अध्यक्षमा बसन्त कार्की
- २ कुलमान घिसिङले मन्त्रीबाट दिए राजिनामा
- ३ रास्वपाका समानुपातिक सुचिबाट नाम फिर्ता लिनेकाे संख्या ६ पुग्याे
- ४ एआई हाम्रो सहयोगी मात्र हो, प्रतिस्पर्धी होइन : प्रेस रजिस्ट्रार सापकोटा
- ५ बुद्ध एयर जहाज दुर्घटनामा को–पाइलटसहित ७ यात्रु घाइते
- ६ शुक्रबार हुनसाथ काठमाडौं नजान कर्मचारीलाई प्रजिअ थापाकाे अनुराेध
- ७ फोनिज रामेछापद्वारा ‘जेन–जी आन्दोलनको राजनीतिक प्रभाव’ विषयक संवाद
- ८ रामेछापमा नेपाल अध्यापक संघ गठन :अध्यक्षमा हस्त लामा












प्रतिक्रिया दिनुहोस