विव्यस चुनावकाे गठबन्धनका विषयमा अफवाह फैलिएकाे भन्दै माओवादीद्वारा प्रेस विज्ञप्ति जारी
रामेछाप – भाेली चेत्र २५ गते हुने मन्थली माध्यमिक विद्यालयकाे विद्यालय व्यवस्थापन समितिकाे निर्वाचनका लागि भएकाे गठबन्धनका विषयमा अफवाह फैलिएको पाएपछि माओवादी केन्द्र रामेछापले प्रेस विज्ञप्ति जारी गर्दै अफवाहकाे पछि नलाग्न अनुरोध गरेकाे छ ।
विद्यालयकाे विव्यसकाे चुनावका विषयमा भएकाे नेपाली कांग्रेस रामेछाप , नेकपा माओवादी केन्द्र समन्वय समिति रामेछाप र एकीकृत समाजवादी रामेछापबीच भएकाे सहमति विरुद्ध भ्रामक, कपाेकल्पित तथा तथ्यहि कुराहरु गरेर अभिभावक तथा मतदाताहरुमा भ्रम छर्ने कार्य गरेकाेमा माओवादी केन्द्रकाे गम्भीर ध्यानाकर्षण भएकाे प्रेस विज्ञप्तिमा मार्फत जानकारी गराएकाे छ ।
साथै विज्ञप्ति मार्फत विव्यस निर्वाचनमा गठबन्धनका आधिकारिक उमेदवारहरुलाई मतदान गर्न सम्पुर्ण मतदातालाई अनुराेध गरिएकाे छ । उक्त विज्ञप्तिमा प्रदेश सांसद तारानाराण श्रेष्ठ र माओवादी केन्द्र रामेछापका सचिव प्रेम कुमार कार्की (सेवक)काे संयुक्त हस्ताक्षर रहेकाे छ ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ तामाङ समाज यूएईद्वारा विद्यालयलाई प्रोजेक्टर सहयोग
- २ बाढी प्रभावितलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर संचालन हुँदै
- ३ रामेछापमा वृद्ध दम्पतीलाई बन्धक बनाएर डकैती गर्ने गिरोह पक्राउ
- ४ प्रेस युनियन रामेछापको अध्यक्षमा श्रेष्ठ
- ५ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- ६ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ७ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ८ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ













प्रतिक्रिया दिनुहोस