नेपाली कांग्रेस रामेछापले बिभिन्न तहमा सम्मेलन गर्दै
रामेछाप – नेपाली कांग्रेस रामेछापले पार्टीका बिभिन्न तहमा सम्मेलन गर्ने निर्णय गरेको छ । आइतबार पार्टी कार्यालय मन्थलीमा सम्पन्न नेपाली कांग्रेस जिल्ला कार्य सम्पादन समितिको बैठकले आगामी जेष्ठ महिना भित्र जिल्लाका सबै तहमा सम्मेलन सम्पन्न गर्ने निर्णय गरेको हो ।
नेपाली कांग्रेस जिल्ला कार्य समिति रामेछापका कार्यवाहक सभापति लेखबहादुर कार्कीको अध्यक्षतामा सम्पन्न बैठकले यहि चैत्र २३ गते जिल्लाका सवै वडाहरुमा वडा सम्मेलन गर्ने निर्णय गरेको छ । जिल्लाभरीको वडा सम्मेलन एकैदिन सम्पन्न गर्ने भएकाले बैठकले जिल्लाका ६४ वटै वडाहरुमा सम्मेलनका लागि जिल्ला प्रतिनिधिहरु समेत तोकेको छ ।
यसैगरी बैठकले आगामी बैशाख ९ गते जिल्लाका ८ वटै स्थानीय तहको सम्मेलन गर्ने मिति तय गरेको छ । बैठकले बैशाख २७ गते प्रदेश क र ख को सम्मेलन तथा जेष्ठ २३ र २४ गते जिल्ला सम्मेलन गर्ने गरी मिति तय गरेको नेपाली काँग्रेस रामेछापले जनाएको छ ।
नेपाली काँग्रेसको बिधान अनुसार हरेक बर्ष सम्पन्न गर्नु पर्ने बिभिन्न तहका सम्मेलनहरु यस बर्ष जेष्ठ महिना भित्र सम्पन्न गर्ने गरी बैठकले निर्णय गरेको नेपाली काँग्रेस रामेछापका कार्यबाहक सभापति लेखबहादुर कार्कीले बताउनु भयो । बैठकले जेष्ठ मसान्तसम्ममा नेपाली काँग्रेस रामेछाप काठमाण्डौं सम्पर्क समितिको अधिवेशन समेत सम्पन्न गर्ने निर्णय गरेको छ ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ तामाङ समाज यूएईद्वारा विद्यालयलाई प्रोजेक्टर सहयोग
- २ बाढी प्रभावितलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर संचालन हुँदै
- ३ रामेछापमा वृद्ध दम्पतीलाई बन्धक बनाएर डकैती गर्ने गिरोह पक्राउ
- ४ प्रेस युनियन रामेछापको अध्यक्षमा श्रेष्ठ
- ५ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- ६ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ७ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ८ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ













प्रतिक्रिया दिनुहोस