मन्थली क्याम्पसकाे स्ववियु निर्वाचनकाे अन्तिम मतदाता नामावली प्रकाशन
रामेछाप – मन्थली क्याम्पसले स्वतन्त्र विद्यार्थी युनियनकाे अन्तिम मतदाता नामावली प्रकाशन गरेकाे छ । निर्वाचन समितिले आइतबार ५३१ जना मतदाताकाे नाम सार्वजनिक गरेकाे छ ।
स्वतन्त्र विद्यार्थी युनियनकाे आगामी चैत्र ५ गते हुने निर्वाचनका लागि मन्थली क्याम्पसमा ५३१ जना विद्यार्थीले मतदान गर्न पाउने भएका छन् । निर्मावच समितिले मतदाता नामावलीकाे सन्दर्भमा दाबिविराेधकाे समय सकिएपछि आइतबार साँझ अन्तिम मतदाता नामावली प्रकाशन गरेकाे निर्वाचन अधिकृत नारद थापाले जानकारी दिए ।
रामेछाप जिल्लाकै एक मात्र स्वतन्त्र विद्यार्थी युनियनकाे निर्वाचन हुने क्याम्पस मन्थली क्याम्पस हाे । उक्त निर्वाचनमा स्नातक र स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरुले मतदान गर्नेछन् । निर्वाचनका लागि विद्यार्थी युनियनहरु भने तयारीमा जुटेका छन् ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ पत्रकार पौडेललाई पुष्पलाल स्मृति पत्रकारिता पुरस्कार
- २ वीपी स्मृतिमा वृक्षारोपण , जरा अभियान पनि सम्पन्न
- ३ बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’
- ४ गुडिरहेको स्कुटरमा मृग ठोक्किँदा चालक घाइते, थप उपचारका लागि काठमाडौं पठाइयो
- ५ बालिका शिक्षामा रेष्टको योगदान प्रशंसनीय
- ६ रामेछाप पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा
- ७ रामेछापको उद्योग तथा वाणिज्य कार्यालय नमुना कार्यालय
- ८ लागूऔषध नियन्त्रण सप्ताह: सचेतनाकाे कार्यक्रम देखि गाँजाकाे बाेट नष्टसम्म













प्रतिक्रिया दिनुहोस