सभापति तामाङकाे पहलमा जसपा केन्द्रीय सदस्यसहित १०० जना कांग्रेसमा प्रवेश
काठमाडौं – जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य अमृतबहादुर सुनुवार सहित विभिन्न पार्टीका १०० जना नेता-कार्यकर्ताहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । कांग्रेस रामेछापका सभापति तथा उर्जा जलस्रोत राज्यमन्त्री पुर्ण बहादुर तामाङ (कान्छाराम) काे विशेष पहलमा उनिहरुले पार्टी प्रवेश गरेका हुन् ।
सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बुधबार आयोजित एक कार्यक्रममा विभिन्न पार्टीका नेता कार्यकर्ताहरु कांग्रेसमा प्रवेश गरेका हुन् । उनीहरुलाई कांग्रेसक साधारण सदस्यता हस्तान्तरण गरेका छन् । कांग्रेसमा प्रवेश गर्ने नेता-कार्यकर्ताहरुलाई सम्बोधन गर्दै सभापति देउवाले पार्टीमा सक्रिय भएर लाग्न सुझाव दिएका छन् । सभापति देउवाले भने, ‘पार्टीमा नयाँ-पुरानाभन्दा पनि सक्रियता र योगदानका आधारमा पार्टीले मूल्यांकन गरेर अवसरको बाँडफाँट गर्ने बताए । प्रवेसी सबैजनालाई सक्रियपूर्वक पार्टीलाई बलियो बनाउन लाग्न सभापति देउवा अनुरोध गरे ।
कांग्रेस रामेछाप सभापति तथा राज्यमनत्री तामाङकाे समन्वयमा भएकाे उक्त पार्टी प्रवेस कार्यक्रममा रामेछाप,दोलखा लगायत विभिन्न जिल्लाका नेता तथा कार्यकर्ताहरुले पार्टी प्रवेश गरेका छन् । उनले नवप्रवेशीहरुलाई स्वागत गर्दै पार्टीले कसैलाई अन्याय हुन नदिने भएकोले संगठनलाई बलियो बनाउन लाग्न आग्रह गरे । पार्टी प्रवेश कार्यक्रममा पूर्वसांसद दिलमान पाख्रिन, दोलखा पार्टी सभापति वर्मा लामालगायतको उपस्थिति रहेको थियो । कांग्रेसमा प्रवेश गर्नेहरुमा जनता समाजवादी पार्टीका केन्द्रीय परिषद् सदस्य मनप्रसाद सुनुवार, जसपाकै महिला केन्द्रीय सदस्य लुकमाया सुनुवार, रामेछाप जिल्ला सचिव प्रसाद सुनुवार, राष्ट्रिय प्रजातन्त्र पार्टीका रामेछामका उपाध्यक्ष दशराम सुनुवारलगायत १०० जना नेता-कार्यकर्ताहरु कांग्रेसमा प्रवेश गरेका हुन् ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ तामाङ समाज यूएईद्वारा विद्यालयलाई प्रोजेक्टर सहयोग
- २ बाढी प्रभावितलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर संचालन हुँदै
- ३ रामेछापमा वृद्ध दम्पतीलाई बन्धक बनाएर डकैती गर्ने गिरोह पक्राउ
- ४ प्रेस युनियन रामेछापको अध्यक्षमा श्रेष्ठ
- ५ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- ६ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ७ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ८ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ













प्रतिक्रिया दिनुहोस