काम गर्नेहरूलाई हावादारि गफ गर्नेसँग तुलना नगराैं : उपप्रधानमन्त्री सिंह
काठमाडौं – उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले काम गर्नेहरूलाई हावादारी गफ गर्नेहरूसँग तुलना गर्न नमिल्ने बताए । शुक्रबार आफ्नै निर्वाचन क्षेत्र काठमाडौं १ अन्तर्गत पर्ने काठमाडौं महानगरपालिका वडा नं २९ काे वडा भवन उद्घाटन गर्दै उनले यस्ताे बताएका हुन ।
संविधान जारी गरेकाे कुरा याे केही हाेइन भनेर भन्छन् । के गर्दा ठुलाे कुरा हुने यहाँ ? काम गर्नुहरूलाई त्यसै हावादनरी गफ गर्नेहरूसँग तुलना गरेर हुन्छ ? उपाप्रधानमन्त्री सिंहले तपाईहामीले हाेहल्ला गर्नु पछाडीकाे नियत के हाे ? त्याे पनि बुझ्नुपर्याे नि । हाेहल्ला गर्नेकाे पृष्ठभूमि कसैले नबुझ्ने । विदेशमा कति हजार डलर कमाइराकाे छाेडेर आकाे भनेर भन्छन् । छाेडेर आएकाे कि केही काण्ड भएर फर्केर आएकाे हाे ? त्याे पनि बुझ्नुपर्याे नि ।´उपप्रधानमन्त्री सिंहले राजनीति गर्न चरित्र नचाहिने हाे भन्दै प्रश्न पनि गरे । उनले राजनीतिमा लागेर सेवा गर्ने र ठगी खानेहरूकाे ठण्डा दिमागले लेखाजाेखा गर्न पनि आग्रह गरे ।
त्यस्तै उहाँले नागरिककाे सरकार स्थीर हाेस् भन्ने चाहनाअनुसार कांग्रेस एमाले मिलेर सरकार बनेकाे र अर्थतन्त्र चलायमान बनाउँदै लयमा ल्याउनका लागि अध्यादेश ल्याइएकाे पनि प्रष्ट पार्नुभयाे ।त्यस्तै, फरक सन्दर्भमा उहाँले सार्वजनिक जग्गा जनताकाे लागि हुनुपर्ने र स्थानीयले उपभाेग गर्न पाउनुपर्ने बताउनुभयाे । सरकारले त्यसका लागि काम गरिरहेकाे भन्दै नागरिकतहबाट सरकारलाई साथ दिन पनि सिंहले आग्रह गरे ।
उनले काठमाडौं क्षेत्र नं १ बाट आफूले संसदमा प्रतिधित्व गरेपछि सडक, सामुदायिक विद्यालयका पूर्वाधारमा धेरै काम भएकाे उल्लेख गर्दै अब स्वास्थ्यमा ध्यान दिने बताए ।
वडाकाे प्रशासकीय भवन बनेपछि काठमाडौं २९ काे सेवा प्रभावकारी बन्ने पनि सिंहले विश्वास व्यक्त गरे ।
क्याटेगोरी : राजनीति, विविध, समाचार
ताजा अपडेट
- १ हवाहुरी र चक्रिय भुमरीबाट उमाकुण्ड–२ मा क्षति
- २ सहकारी अभियानलाई कमजोर बनाउने प्रयास भइरहेको छ : डा. परितोष पौडेल
- ३ विधि र पद्धतिमा विचलन आए समाज भयभीत हुन्छ : राष्ट्रपति पौडेल
- ४ कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु
- ५ बाम्तीभण्डारमा बजार अनुगमन, दर्ता–नविकरण नगरेकालाई एक साताको अल्टिमेटम
- ६ मन्थली नगरपालिका उत्कृष्ट नगरका रुपमा सम्मानित
- ७ शिक्षाविद् तथा भाषासेवी विष्णु चित्रकारको हृदयघातबाट निधन
- ८ गुनासो रहित सेवा प्रवाह नै मुख्य उद्देश्य : सहायक प्रमुख जिल्ला अधिकारी केसी















प्रतिक्रिया दिनुहोस